फिफा विश्वकप २०२६
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
बिहीबार, ११ असार २०८३, ०८ : ०९
सारांश
- फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध २-० को अग्रता बनाएको छ।
- खेलको दोस्रो हाफमा मेक्सिकोले लगातार दुई गोल गर्दै अग्रता लिएको हो।
- ५५औँ मिनेटमा मातेओ चाभेज र ६१औँ मिनेटमा जुलियन किन्योनेसले गोल गरे।
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध २–० को अग्रता बनाएको छ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर दोस्रो हाफमा मेक्सिकोले लगातार दुई गोल गर्दै खेल आफ्नो पक्षमा पारेको छ।
५५औँ मिनेटमा मातेओ चाभेजले लुइस रोमोको पासमा गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए। त्यसको केवल ६ मिनेटपछि ६१औँ मिनेटमा जुलियन किन्योनेसले अर्को गोल थप्दै मेक्सिकोको अग्रता दोब्बर बनाए।
समूह विजेता बनिसकेको मेक्सिको लगातार तेस्रो जिततर्फ अग्रसर देखिएको छ भने नकआउट चरणको सम्भावना जोगाउन जित आवश्यक रहेको चेक गणतन्त्र थप दबाबमा परेको छ।
खेल ६२औँ मिनेटसम्म पुग्दा मेक्सिको २–० ले अगाडि रहेको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण