मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
सारांश
- रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिँदा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ।
- दुर्घटनामा परी अर्का एक युवक गम्भीर घाइते भएका छन्, जसको उपचार भइरहेको छ।
- प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
रौतहट । रौतहटको गुजरा नगरपालिकामा बाख्रालाई ठक्कर दिएर भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बुधबार साँझ करिब ७ बजेर ५ मिनेट जाँदा गुजरा नगरपालिका–५ हरिहरपुरस्थित भित्री सडकखण्डमा कनकपुरबाट हरिहरपुरतर्फ जाँदै गरेको बा ९३ प ७५८८ नम्बरको मोटरसाइकलले बाटोमा रहेको बाख्रालाई ठक्कर दिएको थियो। दुर्घटनामा बाख्राको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–५ निवासी २३ वर्षीय आमोद चौधरी र पछाडि सवार सोही स्थानका २४ वर्षीय दिपेश चौधरी गम्भीर घाइते भएका थिए। दुवैलाई तत्काल उपचारका लागि चन्द्रपुर अस्पताल, चपुर पठाइएको थियो।
अस्पतालमा उपचारका क्रममा चिकित्सकले दिपेश चौधरीलाई राति ७ बजेर ५५ मिनेटमा मृत घोषणा गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी वसन्त गौतमले बताएका छन्।
चालक आमोद चौधरीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी चौकी हरिनगरको नियन्त्रणमा रहेको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ असई रामेश्वर महतोको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
-
५० प्रतिशतले घट्यो फिल्म निर्माण, दोषी कलाकार !
-
चल्दा चल्दैको फोन किन हुन्छ ह्याङ ?
-
१४ नगरपालिका समय सीमाभित्र बजेट ल्याउन असफल, मधेसका धेरै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण