रास्वपाले प्रदेशसभा खारेज गर्ने प्रस्ताव गरेको हो भने त्यो ठुलो भूल हुनेछ : डा भट्टराई
सारांश
- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तासीन दल रास्वपाले प्रदेशसभा खारेज गर्ने निर्णय गरे त्यो ठुलो भूल हुने बताएका छन् ।
- उनले विधिको हिसाबले आफ्नै सरकारले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनाउने र एकल निर्णय लाद्ने हो भने देश अनिष्टतिर धकेलिने चेतावनी दिएका छन् ।
- उनले जातीय राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा सङ्घीय पुनर्संरचना भत्काइए गम्भीर जातीय द्वन्द्व र अशान्ति सिर्जना हुने भन्दै संविधान संशोधनमा राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकासमा केन्द्रित हुनु बुद्धिमानी हुने सुझाव दिएका छन् ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सत्तासीन दल रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र प्रकारान्तरले सङ्घीयता भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भूल हुने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विधिको हिसाबले एकातिर आफ्नै नेतृत्वको सकारले 'संविधान संशोधन बहसपत्र'तयार गर्न कार्यदल बनाउने र अर्कोतिर आफ्नो एकल निर्णय अरूमाथि लाद्ने हो भने दलहरू, विभिन्न जातिहरू र आम जनसमुदाय बिचमा ठुलो विश्वासको सङ्कट पैदा हुनेछ र त्यसले देशलाई अनिष्टतिर धकेल्न सक्छ।
उनले थप भनेका छन्– 'हाम्रो जस्तो जातीय राष्ट्रिय र क्षेत्रीय विविधतायुक्त मुलुकमा लामो बलिदानपूर्ण सङ्घर्षपछि निर्वाचित संविधानसभाबाट अधिकतम सहमतिसहित गरिएको पुरानो एकात्मक राज्यको सङ्घीय पुनर्संरचना जानेर नजानेर भत्काइयो भने त्यसले गम्भीर जातीय–क्षेत्रीय द्वन्द्व र अशान्ति सिर्जना गर्नेछ। जुन कसैको पनि हितमा हुनेछैन। त्यसैले 'नदुखेको कपाल डोरी लगाएर दुखाउन' सट्टा संविधान संशोधनबारे अधिकतम राष्ट्रिय सहमति नबनुन्जेल चुपचाप सुशासन र विकास तिरै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। जो मर्जी!'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : सभापति लामिछानेले गरे मतदान
-
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
-
लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
-
अभिनेत्री सामन्था गर्भवती, अभिनयबाट छोटो ब्रेक लिँदै
-
कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
ओपनएआईले च्याटजीपीटीका लागि बनायो आफ्नै चिप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण