बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

कक्षा १२ को नतिजा त्रुटिपूर्ण भएको भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

बिहीबार, ११ असार २०८३, १२ : ०८
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
  • नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् ।
  • गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी 'नन ग्रेडेड' अर्थात् अनुत्तीर्ण भएका छन् ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजा अस्वाभाविक र त्रुटिपूर्ण रहेको भन्दै पीडित विद्यार्थीहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरूले बिहीबार माइतीघरमा दबाब स्वरूप आन्दोलन गरेका हुन् । 

student-pradarsan (1)

नतिजाबाट असन्तुष्ट विद्यार्थीहरूले आफूले गरेको मिहिनेत अनुसारको अङ्क नआएको र उत्तर पुस्तिका परीक्षणमा लापरबाही भएको आरोप लगाएका छन् । 

student-pradarsan (1)

उनीहरूले पुनर्योग (रिटोटलिङ) र पुनःपरीक्षण (रिचेकिङ) को शुल्कसमेत अत्यन्त महँगो र अव्यवहारिक भएको बताएका छन् ।  गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालित कक्षा १२ को परीक्षामा १ लाख ४ हजार ७ सय ११ जना विद्यार्थी ‘नन ग्रेडेड’ अर्थात् अनुत्तीर्ण भएका छन् ।

student-pradarsan (2)

बोर्डका अनुसार ३८ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ भने दुई जनालाई एक वर्षसम्म बोर्डका कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी कारबाही गरिएको छ । तस्बिर: कृष्ण खड्का/रातोपाटी 

class-12-student-pradarsan (4)class-12-student-pradarsan (5)class-12-student-pradarsan (6)class-12-student-pradarsan (7)

student-pradarsan (2)student-pradarsan (3)

class-12-student-pradarsan (1)class-12-student-pradarsan (2)class-12-student-pradarsan (3)

class-12-student-pradarsan (9)class-12-student-pradarsan (10)class-12-student-pradarsan (11)class-12-student-pradarsan (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप