बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शम्भुजितलाई दीर्घ साधना, उन्नतिदेखि शिवसम्मलाई सम्मान दिइने

बिहीबार, ११ असार २०८३, १२ : ४५
बिहीबार, ११ असार २०८३

सारांश

  • १३औँ म्युजिक खबर म्युजिक अवार्डमा संगीतकार शम्भुजित बास्कोटालाई दीर्घ साधना सम्मान दिइने भएको छ ।
  • गीतकार उन्नति बोहरा, गायक शिव परियार लगायतलाई पनि सम्मान गरिने भएको छ ।
  • यस अवार्डमा ३३ विधामा विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

काठमाडौँ । आगामी आइतबार आयोजना हुन लागेको १३ औँ ‘म्युजिक खबर म्युजिक अवार्ड’ को सम्मान तथा पुरस्कार घोषणा भएको छ । आयोजक म्युजिक खबर डट कमले एक विज्ञप्ति जारी गर्दै पुरस्कार तथा सम्मान घोषणा गरेको हो ।

विज्ञप्तिका अनुसार अवार्ड समारोहमा प्रतिष्ठित सङ्गीतकार शम्भुजित बास्कोटालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान–२०८२’ अर्पण गरिनेछ । हजारौँ गीतमा सङ्गीत भरेका दिग्गज सङ्गीतकार बास्कोटालाई गीत संगीतमा लामो समयदेखि पुर्‍याएको योगदानको कदर गर्दै यो सम्मान दिन लागिएको हो ।

कार्यक्रममा गीतकार उन्नति बोहरा शिला, गीतकार विजय शिवाकोटी, गायक शिव परियार, गायिका कालिका रोका, गीतकार पुरुषोत्तम सानु र सुशीला पौडेल, सञ्चारकर्मी कुवेर गिरी र गोपीकृष्ण चापागाईँ लगायतलाई सम्मान गरिने अवार्डकी कार्यक्रमकी संयोजक सविता पोखरेलले जानकारी दिइन् ।

विगत १३ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको अवार्डको यो संस्करणमा राष्ट्रिय भावको गीत,पप गीत, लोकदोहोरी गीत, आधुनिक गीत, चलचित्र गीत लगायतका विविध ३३ विधामा विभिन्न स्रष्टा र सिर्जनाहरूलाई अवार्ड प्रदान गरिनेछ ।

विभिन्न सांगीतिक तामझाम सहित आयोजना हुने अवार्डमा संगीतप्रेमी माझ लोकप्रिय र प्रतिष्ठित अवार्ड मध्यको एक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप