आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा
सारांश
- आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी नरेश तुराहाको अध्यक्षतामा पुनर्गठन गरिएको छ ।
- १०५ सदस्यीय केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, सहसचिव र सदस्यहरुको मनोनयन गरिएको छ ।
- आजपा प्रवक्ता तिलक थापामगरद्वारा जारी विज्ञप्तिमा नयाँ कमिटीका सदस्यहरुको नाम सार्वजनिक गरिएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
कमिटीको उपाध्यक्षमा बालाशंकर कुशवाहा, मिनादेवी साह, आर्या पाण्डे, विरवल कुशवाहा, महासचिवमा रामशरण यादव, उपमहासचिवमा प्रदिप विक्रम शाह, जयलाल मेहता, पुजा कुशवाहा, विनोद साह रहेको आजपा प्रवक्ता तिलक थापामगरले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सचिवमा दिनेश सहनी, चन्द्रिका साह, दिपेन्द्र रजक, सृजना मोची, परमेश यादव, सहसचिवमा मौजेला यादव, प्रमोद साह, विकेश यादव, अफ्रोज आलम, राहुल गुप्ता, ममता साह छन् ।
यसैगरी सदस्यहरुमा साहिल साह, प्रजिता आले मगर, रोजीना तामाङ, रुपेश तामाङ, महेश यादव, रिंकी कुमारी गुप्ता, सरोज ऋषिदेव, देवेन्द्र कुशवाहा, राजिव रजक, प्रिन्स साह, मुकेश रंगिला, संजय चौरसिया, नविन कुशवाहा, दिपेन्द्र जयसवाल, नविन चौधरी, मुकेश यादव, प्रदिप पटेल, उमेश पाण्डे, राधेश्याम साह, अमरलाल साह, राजेश वैठा, सरोज साह, नविन साह, उपेन्द्र जयसवाल, कृष्ण कुशवाहा लगायतका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभा खारेज सम्बन्धी रास्वपाको प्रस्तावबारे मधेसमा व्यापक विरोध
-
तरकारी उत्पादनमा दोब्बरले वृद्धि
-
स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
-
स्टुडियो थिएटरमा नाटक ‘संशय’ मञ्चन हुने
-
मनसुन प्रतिकार्यका लागि ५४ स्थानमा सशस्त्रका अस्थायी वेश
-
भारतबाट सडक मार्ग हुँदै काठमाडौँ आएका थिए बंगालादेशी, अनुसन्धान गर्दै अध्यागमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण