बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
रास्वपा महाधिवेशन

रास्वपा पदाधिकारीमा सहमतिको प्रयास, मतदाता तितरबितर

बिहीबार, ११ असार २०८३, १४ : ०९
बिहीबार, ११ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ ।
  • केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मतदाताहरू तितरबितर भएको अवस्थामा सहमतिबाट पदाधिकारी छान्ने प्रयासमा नेताहरू लागेको बताइएको छ ।
  • सहमति नभए आजै अपराह्न चार बजे पदाधिकारीका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनमा ६ पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास भइरहेको छ । सभापतिसहित ९९ सय जना केन्द्रीय सदस्यको निर्वाचन सकिए पनि २ उपसभापति, १ महामन्त्री र ३ सहमहामन्त्रीका लागि नवनिर्वाचित केन्द्रीय सदस्यले दोस्रो चरणमा मतदान गरेर छान्न बाँकी नै छ ।

केन्द्रीय सदस्यको निर्वाचन सकिएपछि मतदाताहरू समेत तितरबितर भएको अवस्थामा सहमतिबाट पदाधिकारी छान्ने प्रयासमा नेताहरू लागेको बताइएको छ । 

रास्वपाका शीर्ष नेताहरू सकभर सहमतिमै पदाधिकारी छनोट गर्ने प्रयासमा लागेको नेताहरूले बताएका छन् । नेता शिशिर खनाल र विपिन आचार्यले सहमतिको प्रयास भइरहेको बताए । 

यद्यपि, सहमति नभए आजै अपराह्न चार बजे पदाधिकारीका लागि मतदान हुने नेता मनिष झाले जानकारी दिए । तीन दिनमा सक्नेगरी सुरु भएको रास्वपाको महाधिवेशन आज पाँचौ दिन चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप