रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा एक तिहाइ प्रतिनिधि मतदानबाट बाहिर
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले मतदान गरेनन् ।
- निर्वाचनमा सहभागी हुन योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन् ।
- निर्वाचनमा कुल ३७९ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्, जसमध्ये ९९ जना निर्वाचित हुनेछन् ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि सम्पन्न निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले मतदान गरेनन् ।
रास्वपा निर्वाचन आयोगका अनुसार निर्वाचनमा सहभागी हुन योग्य ४ हजार ३११ प्रतिनिधिमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यसअनुसार १ हजार ३५२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएनन्।
बिहीबार सम्पन्न मतदानमार्फत पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि मत सङ्कलन गरिएको हो। निर्वाचनमा कुल ३७९ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। तीमध्ये ९९ जना निर्वाचित हुनेछन्।
निर्वाचन आयोगले देशभित्रका प्रतिनिधिको मतदान सम्पन्न भएको जनाएको छ। अब विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। प्रवासबाट हुने मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशन : केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक
-
‘म एउटा जीवित मूर्ति हुँ’ : डीआर कंगोका प्रसिद्ध फुटबल समर्थकले जोगाएको प्याट्रिस लुमुम्बाको विरासत
-
माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश
-
व्यवसायी अजेय सुमार्गीको राहदानी रोक्का
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण