स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउने कदम ‘संक्रमणजस्तै फैलिन सक्ने’ अमेरिकी चेतावनी
बिहीबार, ११ असार २०८३, १४ : ५५
मनामा । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा कुनै पनि प्रकारको शुल्क वा अवरोध लगाउने कदम अन्य अन्तर्राष्ट्रिय जलमार्गमा पनि फैलिन सक्ने चेतावनी दिएका छन् ।
बहराइनमा भएको खाडी सहयोग परिषद् (जीसीसी)को बैठकमा बोल्दै रुबियोले अन्तर्राष्ट्रिय जलमार्ग कुनै पनि एक देशको स्वामित्वमा नपर्ने स्पष्ट पारे ।
उनले भने, ‘अन्तर्राष्ट्रिय जलमार्ग कुनै पनि राष्ट्रको निजी सम्पत्ति होइन । यदि कुनै देशले आफ्नो भूभाग नजिक भएकै कारण जहाजहरूबाट शुल्क लिन थाल्यो भने, यो अभ्यास संसारभरि महामारीजस्तै फैलिन सक्छ ।'
रुबियोका अनुसार यस्तो अभ्यासलाई स्वीकार गरिए विश्व व्यापार प्रणालीमा ठूलो अव्यवस्था उत्पन्न हुन सक्छ र अन्ततः अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा पूर्ण अराजकता फैलिन सक्ने खतरा रहन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा–शेखर समूहद्वारा चुनदेवीमा कार्यालय खोल्ने तयारी
-
भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या १६४ पुग्यो
-
११ विद्यार्थी सङ्गठनले भने : १२ को त्रुटिपूर्ण नतिजाका विषयमा शिक्षा मन्त्रालय गम्भीर बनोस्
-
रास्वपा महाधिवेशन : प्रवासको मतदान नसकिँदा नतिजामा ढिलाइ
-
जुम्ला केन्द्रबिन्दु भएर भूकम्प
-
अब अनलाइनबाटै मेडिकल काउन्सिलमा उजुरी दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण