लक्ष्मी आचार्यको नयाँ सांगीतिक कोसेली 'लगा लगा जोरका झट्का’ सार्वजनिक
सारांश
- गायिका लक्ष्मी आचार्यले 'लगा लगा जोरका झट्का' नामक नयाँ गीत सार्वजनिक गरेकी छिन्।
- यस गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह, मोडल मन्दिरा राई र गायिका लक्ष्मी आचार्यले अभिनय गरेका छन्।
- नयाँ गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ।
काठमाडौँ । गायिका लक्ष्मी आचार्यले आफ्नो नयाँ साङ्गीतिक प्रस्तुति ’लगा लगा जोरका झट्का’ बजारमा ल्याएकी छिन् । लक्ष्मी आचार्य र विशाल सोनीको स्वर रहेको गीत भिडियो सहिद सार्वजनिक भएको हो ।
गीतको म्युजिक भिडियोमा अभिनेता पल शाह र मोडल मन्दिरा राईको मुख्य अभिनय छ । पल र मन्दिराको केमेस्ट्रीले भिडियोलाई निकै आकर्षक बनाएको छ । साथै, गायिका स्वयं लक्ष्मी आचार्यलाई पनि भिडियोमा विशेष भूमिकामा देख्न सकिन्छ । भिडियोमा कलाकारहरूको पहिरन र नृत्यले दर्शकलाई पूर्ण मनोरञ्जन प्रदान गर्दछ ।
नेत्र अर्यालको शब्द र संगीत रहेको गीतमा एचबीएन किस्मतले संगीत संयोजन (एरेन्ज) गरेका छन् ।
भिडियोको निर्देशन कोरियोग्राफर तथा निर्देशक मौसम हिमालीले गरेका हुन् । गाउँले परिवेश र आधुनिक शैलीको फ्युजन देखाइएको यस भिडियोमा नवराज उप्रेतीको छायाङ्कन र मनोज कार्कीको सम्पादन छ । भिडियोमा ट्र्याक्टरको प्रयोग र प्राकृतिक सुन्दरतालाई निकै कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।
सार्वजनिक गीतले युट्युब र सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाइरहेको छ । विशेषगरी टिकटकमा यो गीतको हुक स्टेपले निकै चर्चा पाउने अपेक्षा गरिएको छ । गायिका लक्ष्मी आचार्यले यसअघि पनि थुप्रै चर्चित गीतहरू दिइसकेकी छिन् र यो नयाँ गीतले उनको लोकप्रियतालाई थप उचाइमा पुर्याउने विश्वास लिइएको छ ।
गायिका लक्ष्मीका यस अघिका ‘ए मेरी भाउजू’, ‘कालो टिको’, नौली हदेल’ लगायत थुप्रै गीत हिट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः उत्कृष्ट १० खेल, १० क्षण, १० खेलाडी र १० गोल
-
सल्यानमा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव
-
भक्तपुर क्यान्सर अस्पतालमै आईएचसी परीक्षण
-
जोर्डनविरुद्ध मेस्सी बेन्चमा बस्ने
-
के नेपाल युगान्तकारी परिवर्तनका लागि तयार छ ?
-
एआईले तथ्य र भ्रम दुवै फैलाउन सक्छ, युवामा आलोचनात्मक चेत आवश्यक : राजदूत मेउली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण