शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

हैदराबादको सडक अब ‘डोनाल्ड ट्रम्प एभिन्यु’: ट्रम्पले तस्बिर सेयर गर्दै भने, ‘थ्याङ्क्यू’

शनिबार, १३ असार २०८३, ११ : १९
शनिबार, १३ असार २०८३

सारांश

  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको हैदराबादमा सडकको नाम आफ्नो नाममा राखिएकोमा धन्यवाद व्यक्त गरेका छन्।
  • हैदराबादको उक्त सडकको नाम अब आधिकारिक रूपमा ‘डोनाल्ड ट्रम्प एभिन्यु’ राखिएको छ।
  • अमेरिकाको २५०औँ वर्षगाँठको सम्मानमा तेलंगानाका उपमुख्यमन्त्रीले अमेरिकी वाणिज्य दूतावास नजिकैको सडकको नाम परिवर्तन गरी ‘डोनाल्ड ट्रम्प एभिन्यु’ राखेका हुन्।

हैदराबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतको हैदराबादमा एउटा सडकको नाम परिवर्तन गरी आफ्ना नाममा राखिएकोमा धन्यवाद व्यक्त गरेका छन्। हैदराबादको उक्त सडकको नाम अब आधिकारिक रूपमा ‘डोनाल्ड ट्रम्प एभिन्यु’ राखिएको छ। 

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस सडकको उद्घाटन समारोहको तस्बिर साझा गर्दै खुसी व्यक्त गरेका हुन्। उनले लेखेका छन्, ‘भारतको हैदराबादमा न्यु डोनाल्ड ट्रम्प एभिन्यु। यसरी सम्मानित हुने पहिलो अमेरिकी राष्ट्रपति। थ्याङ्क्यू।’

6da08e52-359a-4855-8a8e-48f876517bdb.jpg

यसअघि बुधबार हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावास ले सामाजिक सञ्जाल एक्समार्फत यस सडकको उद्घाटन समारोहबारे जानकारी दिएको थियो। वाणिज्य दूतावासले भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र तेलंगानाका उपमुख्यमन्त्री भट्टी विक्रमार्क मल्लूको एउटा संयुक्त तस्बिर पनि सार्वजनिक गरेको थियो।

अमेरिकी वाणिज्य दूतावासले हैदराबादमा यो एउटा ऐतिहासिक क्षण भएको उल्लेख गरेको छ। अमेरिकाको २५०औँ वर्षगाँठको सम्मानमा तेलंगानाका उपमुख्यमन्त्री भट्टी विक्रमार्क मल्लूले अमेरिकी वाणिज्य दूतावास नजिकैको सडकको नाम आधिकारिक रूपमा परिवर्तन गरी ‘डोनाल्ड ट्रम्प एभिन्यु’ राखिएको भन्दै सो नामको पट्टिका अनावरण गरेका थिए। 

यस सम्मानका लागि तेलंगानाका जनतालाई हार्दिक धन्यवाद दिँदै वाणिज्य दूतावासले यो कदम दुई देशबिचको लगातार मजबुत बन्दै गएको साझेदारी र सम्बन्धको प्रमाण भएको बताएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप