आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

नेपालगन्जबाट खैरो हेरोइनसहित युवक पक्राउ

आइतबार, १४ असार २०८३, १३ : ३९
आइतबार, १४ असार २०८३

सारांश

  • प्रहरीले बाँकेको नेपालगन्जबाट १०५ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित २८ वर्षीय राजेन्द्र लोनियालाई पक्राउ गरेको छ ।
  • लागुऔषध नियन्त्रण ब्युरो र लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टोलीले डुडुवा गाउँपालिकाका लोनियालाई शनिबार पक्राउ गरेको हो ।
  • पक्राउ परेका लोनियामाथि जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । प्रहरीले बाँकेको नेपालगन्जबाट खैरो हेरोइन सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–२ बस्ने २८ वर्षीय राजेन्द्र लोनिया छन् । 

शनिबार लागुऔषध नियन्त्रण ब्युरो र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीको साथबाट १०५ ग्राम ७१० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

आरोपीमाथि जिल्ला प्रहरी कार्यालय बाँकेले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप