प्रचण्ड भन्छन्– क्रमभङ्ग निरन्तर गरिराख्नुपर्ने हुन्छ
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विभिन्न कोणबाट विश्लेषण गरी विभिन्न चित्र बन्ने गरेको गुनासो गरेका छन् ।
- उनले क्रमभङ्गको कुरा गर्दा उत्पात गर्न थाल्यो भन्ने टिप्पणी हुने गरेको बताए ।
- प्रचण्डले एउटै गति र क्रममा बस्ने नेता कहीँ पनि नपुग्ने दाबी गर्दै निरन्तरतामा क्रमभङ्ग आवश्यक रहेको बताए ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बेला बेलामा विभिन्न कोणबाट विश्लेषण गर्दै विभिन्न चित्रहरू बन्ने गरेको भन्दै गुनासो गरेका छन् । उनले आफूले क्रमभङ्गको कुरा गर्दा उत्पात नै गर्न थाल्यो भन्ने टिप्पणी हुने गरेको पनि बताए ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई काठमाडौँमा सम्बोधन गर्ने क्रममा उनले एउटै गति र क्रममा बस्ने नेता कहीँ पनि नपुग्ने दाबी पनि गरे । प्रचण्डले आफूलाई वामपन्थी एकताका लागि हतारिएको भनेर भन्ने गरेकोमा पनि चित्त दुखाए ।
उनले भने– ‘म विल्कुल हतारिएको छैन । हुन त मलाई मानिसहरूले विभिन्न कोणबाट हेर्दै विभिन्न चित्र बन्ने गरेको छ’, प्रचण्डले भने– ‘मैले क्रमभङ्ग भन्यो भने के उत्पात गर्न थाल्यो भन्छन् । यो त प्रकृति, समाज र मानव समाजको नियम हो, निरन्तरतामा क्रमभङ्ग । मैले त्यही भन्ने गर्छु । गरिराख्नुपर्ने हुन्छ, क्रमभङ्ग,’ प्रचण्डको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण