२५ घटकसँग एकतापछि नेकपा केन्द्रीय समितिको पहिलो बैठक बस्दै
सोमबार, १५ असार २०८३, ०९ : २८
सारांश
- २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
- यो ऐतिहासिक एकता पछिको पहिलो बैठक आगामी सोमबार अपराह्न ४:३० बजे भर्चुअल माध्यमबाट सञ्चालन हुने तय भएको छ।
- बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको छ।
काठमाडौँ । २५ वटा विभिन्न घटकसँग पार्टी एकता गरेपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलोपटक आफ्नो केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टी स्रोतका अनुसार यो ऐतिहासिक एकता पछिको पहिलो बैठक सोमबार अपराह्न ४:३० बजे बस्ने तय भएको छ। यो बैठक भर्चुअल माध्यमबाट सञ्चालन हुने जानकारी नेता रामकुमार भट्टराईले दिए।
बैठकका लागि मुख्य एजेन्डा पनि तय भइसकेको छ। बैठकमा पार्टीको नियमावली र कार्यविधि अनुमोदन गर्ने मुख्य कार्यसूची रहेको भट्टराईले जानकारी दिएका छन् ।
२५ वटा राजनीतिक समूह र घटकहरू एकापसमा गाभिएर नयाँ स्वरूप पाएपछि बस्न लागेको यो पहिलो बैठक भएकाले यसलाई चासोका साथ हेरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण