मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
विकास निर्माण

हेटौँडा उपमहानगरको उपलब्धि : ४ वर्षमा १० किलोमिटर कालोपत्र सडक

४९ वटा शौचालय, १२ वटा पार्क र २२ वटा आधारभूत स्वास्थ्य केन्द्र
मङ्गलबार, १६ असार २०८३, ०७ : ०९
मङ्गलबार, १६ असार २०८३

सारांश

  • हेटौंडा उपमहानगरपालिकाले ४ वर्षको अवधिमा १०.५१ किलोमिटर सडक कालोपत्र निर्माण गरेको छ ।
  • सोही अवधिमा उपमहानगरपालिकाले २६९.७० किलोमिटर सडक ढलान, २२.६८ किलोमिटर सडक ग्राभेल, ३३ वटा कल्भर्ट, ४८ खानेपानी आयोजना, ५७ पर्यटन पूर्वाधार, १०७ खेलकुद पूर्वाधार लगायतका विभिन्न विकास निर्माणका काम सम्पन्न गरेको छ ।
  • आर्थिक सशक्तीकरणका लागि १४ वटा साना उद्योग सञ्चालनमा सहयोग गरी ४५० जनालाई प्रत्यक्ष र ७०० जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गरिएको छ ।

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले ४ वर्षको अवधिमा १० किलोमिटर सडक कालोपत्र गरेको छ । उपमहानगरपालिकाका अनुसार चालु आर्थिक वर्ष २०८२/२०८३ को हालसम्मको अवधिमा १०.५१ किलोमिटर सडक कालोपत्र निर्माण गरिएको हो ।

उक्त अवधिमा हेटौँडा उपमहानगरपालिकाले आफ्नो बजेट कार्यान्वयन गर्दै २६९.७० किलोमिटर सडक ढलान, २२.६८ किलोमिटर सडक ग्राभेल तथा ३३ वटा साना तथा ठुला कल्भर्ट निर्माण गरेको छ ।

सोही अवधिमा उपमहानगरपालिकाले ४८ वटा खानेपानी आयोजना सम्पन्न गरेको छ । यसका अतिरिक्त ५७ पर्यटन पूर्वाधार, १०७ खेलकुद पूर्वाधार, ७९ गुम्बा, २५३ मन्दिर, ६१ तटबन्धन, ३२ साना सिँचाइ आयोजना, ४९ शौचालय, ३० स्वास्थ्य पूर्वाधार, ६३ सामुदायिक भवन, ४५ ढल तथा नाला र १२ वटा पार्क निर्माण गरिएका छन् ।

आवास नीतिअन्तर्गत लुमन्तीसँगको सहकार्यमा चालु आर्थिक वर्षमा १०० वटा घर निर्माणको काम अघि बढाइएको छ ।

सेवा प्रवाहलाई व्यवस्थित बनाउन १७ वटा वडा कार्यालय भवनको निर्माण तथा मर्मत सम्पन्न गरिएको छ भने हेटौंडा–१६ को कार्यालय भवन आगामी वर्ष सम्पन्न गरी सञ्चालनमा ल्याइने भएको छ ।

हेटौंडा–२ को वडा कार्यालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पनि अघि बढाइएको छ । आर्थिक सशक्तीकरणका लागि १४ वटा साना उद्योग सञ्चालनमा सहयोग गरी ४५० जनालाई प्रत्यक्ष र ७०० जनालाई अप्रत्यक्ष रोजगारी प्रदान गरिएको छ ।

साथै गुन्द्रुक उत्पादनको बजारीकरण, ढाका प्रवद्र्धन तथा स्वरोजगार तालिममार्फत ८०० भन्दा बढी नागरिक लाभान्वित भएका उपमहानगरपालिकाको भनाइ छ ।

मेवा तथा ड्रागन फ्रुटको व्यावसायिक खेतीमार्फत हेटौंडा–१२, १३, १४, १७ र १८ मा २०० भन्दा बढी नागरिकले स्वरोजगार प्राप्त गरेका छन् ।

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, संस्थागत विद्यालयको वर्गीकरण, शिक्षक बैंक तथा स्थानीय पाठ्यक्रम निर्माण लगायत शिक्षा क्षेत्रका १४७ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ पदमपोखरी र हटियामा पाँच–पाँच शय्याका नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइनुका साथै २२ वटा आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिएको छ ।

युवा लक्षित पशुपालन कार्यक्रमबाट ५५ संस्था र १५२ जना लाभान्वित भएका छन् भने बागमती प्रदेश सरकारको अनुदानमा १ करोड ९२ लाख लिटर दूध उत्पादनमा अनुदान वितरण गरिएको छ ।उपमहानगरपालिकाले वातावरण संरक्षण, सरसफाइ, हरियाली प्रवद्र्धन, खुला जिम निर्माण तथा प्लास्टिक झोला निरुत्साहित गर्ने अभियानसमेत सञ्चालन गरेको छ ।

जोखिमपूर्ण कार्यमा खटिएका जनशक्तिलाई तीन वर्षदेखि स्वास्थ्य बिमामा आबद्ध गरिएको छ भने निःशुल्क शववाहनमार्फत ४८० शवको व्यवस्थापन गरिएको छ ।

सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरण, संस्थागत विद्यालयको वर्गीकरण, शिक्षक बैंक तथा स्थानीय पाठ्यक्रम निर्माण लगायत शिक्षा क्षेत्रका १४७ आयोजना सम्पन्न भएका छन् । स्वास्थ्यतर्फ पदमपोखरी र हटियामा पाँच–पाँच शय्याका नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइनुका साथै २२ वटा आधारभूत स्वास्थ्य केन्द्रको स्तरोन्नति गरिएको छ ।

स्थानीय शासनयुक्त वडा तथा नगर घोषणा हुनुका साथै हिंसापीडित महिला तथा बालबालिकाका लागि अल्पकालीन आश्रयस्थल सञ्चालन गरिएको छ । महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा यौनिक अल्पसंख्यकका लागि विभिन्न सचेतना तथा क्षमता विकास कार्यक्रम सञ्चालन गरिएको उपमहानगरपालिकाले उल्लेख गरेको छ ।

ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याइएको छ भने बहिरा नागरिकका लागि हेटौंडा–२, ७, ९, १०, १४ र १८ मा निरन्तर दोभाषे सेवा प्रदान गरिएको छ । उपमहानगरपालिकाले सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार तीन वटा पार्क र पुस्तकालय निजी क्षेत्रमार्फत सञ्चालन गरिरहेको छ ।

टोल विकास संस्था अभियान सबै वडामा विस्तार गरिएको छ भने ‘सडक मानवमुक्त सहर’ अभियानअन्तर्गत सहयोगापेक्षी सडक मानवको उद्धार, उपचार, शिक्षा र पुनस्र्थापनाको काम भइरहेको छ ।

यसैगरी, एचआईभी संक्रमित तथा प्रभावित २७ जना बालबालिकालाई विगत ४ वर्षदेखि मासिक दुई हजार रुपैयाँ शैक्षिक तथा पोषण सहयोग उपलब्ध गराइँदै आएको छ ।

संक्रमितको उपचार र आयआर्जनका लागि पनि नियमित सहयोग प्रदान भइरहेको उपमहानगरले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप