मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

निर्धारित समयमा बराबरीपछि नेदरल्यान्ड्स र मोरक्कोबिचकाे खेल अतिरिक्त समयमा

मङ्गलबार, १६ असार २०८३, ०८ : ४८
मङ्गलबार, १६ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल निर्धारित समयमा १-१ को बराबरीमा सकिएको छ।
  • नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा गोल गर्दै अग्रता दिलाए पनि इन्जुरी समयमा मोरक्कोका इस्सा डियोपले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए।
  • निर्धारित समयमा नतिजा नआएपछि खेलको विजेता तय गर्न अतिरिक्त समय खेलाइनेछ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को प्रतिस्पर्धामा नेदरल्यान्ड्स र मोरक्कोबिचको खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा नेदरल्यान्ड्सका कोडी गाक्पोले ७२औँ मिनेटमा क्रिसेन्सियो समरभिलको पासमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

तर खेल सकिनै लाग्दा मोरक्कोले शानदार पुनरागमन गर्‍यो। इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।

निर्धारित समयमा दुवै टोलीले एक–एक गोल गरेपछि खेलको निर्णय हुन नसकेकाले अतिरिक्त समय दिएर खेल सुरु भएकाे छ। अतिरिक्त समयमा पनि नतिजा नआए खेल पेनाल्टी सुटआउटमा पुग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप