आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
सारांश
- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको अनुगमनमा आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि गरेको छ।
- सिरहाको लहानस्थित फलफूल पसल तथा गोदाममा गरिएको निरीक्षणमा क्याल्सियम कार्बाइड प्रयोग नभएको पाइएको छ।
- सर्लाही र रौतहटका आँप बजारमा गरिएको अनुगमनमा पनि फल पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पाइएको छ।
जनकपुर । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मधेश प्रदेशका विभिन्न जिल्लामा गरेको संयुक्त अनुगमनमा आँप पकाउन प्रतिबन्धित क्याल्सियम कार्बाइड प्रयोग नभएको पाइएको जनाएको छ।
विभागका अनुसार सिरहाको लहानस्थित विभिन्न फलफूल पसल तथा गोदाममा रिपेनिङ एजेन्टको प्रयोगबारे स्थलगत निरीक्षण गर्दा क्याल्सियम कार्बाइड प्रयोग भएको नपाइएको हो। व्यवसायीलाई आयातित फलफूलमा लेबल वा स्टिकर भएका फलफूल मात्र खरिद–बिक्री गर्न, अप्राकृतिक तरिकाले फल नपकाउन तथा स्वीकृत रिपेनिङ एजेन्ट प्रयोग गर्दा फलफूलसँग प्रत्यक्ष सम्पर्क नहुने गरी प्रयोग गर्न निर्देशन दिइएको छ।
यस्तै, असार ३ गते सर्लाहीको नवलपुर र लालबन्दीका स्थानीय तरकारी बजारबाट तरकारी तथा फलफूलको नमुना संकलन गरी गरिएको द्रुत विषादी अवशेष परीक्षणमा सबै नमुना मापदण्डअनुकूल रहेको विभागले जनाएको छ।
यसैगरी सर्लाही र रौतहटका लालबन्दी, नवलपुर, चन्द्रपुर र गौरस्थित आँपका थोक तथा खुद्रा बजारमा गरिएको अनुगमनमा पनि फल पकाउन क्याल्सियम कार्बाइड प्रयोग भएको नपाइएको विभागले जनाएको छ। व्यवसायीलाई स्वीकृत रिपेनिङ एजेन्ट मात्र प्रयोग गर्न, फलफूलसँग प्रत्यक्ष सम्पर्क नहुने गरी प्रयोग गर्न तथा खाद्य स्वच्छता कायम राख्न निर्देशन दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
-
कान्ति लोकपथमा रात्रिकालीन सवारी आवगमन पूर्ण रूपमा बन्द, यस्तो छ नयाँ तालिका
-
हेटौँडा–काठमाडौँ जोड्ने सडक राति बन्द हुने
-
लुम्बिनी प्रदेश सभाको बैठक बुधबार दिउँसो १ बजे बस्ने
-
निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठुलो धर्म : राष्ट्रपति
-
ओली–प्रचण्डको निचोड : तत्काल पार्टी एकता असम्भव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण