स्ट्रेट अफ होर्मुजमा शुल्क उठाउने प्रस्ताव ओमानले गर्यो अस्वीकार
सारांश
- ओमानका विदेशमन्त्री बद्र बिन हमद अलबुसाइदीले स्ट्रेट अफ होर्मुजबाट आवतजावत गर्ने जहाजहरूबाट आवागमन शुल्क उठाउने प्रस्तावमा आफ्नो देशको समर्थन नरहेको स्पष्ट पारेका छन् ।
- उनले फ्रान्सेली रेडियोसँगको अन्तर्वार्तामा ओमानले जहाजबाट अनिवार्य आवागमन शुल्क लगाउने प्रस्तावलाई समर्थन नगर्ने बताएका हुन् ।
- यद्यपि, उनले समुद्री, वातावरणीय तथा नौवहनसम्बन्धी सेवाहरू उपलब्ध गराएबापत शुल्क लिन सकिने सम्भावनालाई खुला राखेका छन् ।
मस्कट । ओमानका विदेशमन्त्री बद्र बिन हमद अलबुसाइदीले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजहरूबाट आवागमन शुल्क उठाउने पक्षमा आफ्नो देश नरहेको स्पष्ट पारेका छन् ।
फ्रान्सेली रेडियो मोन्टे कार्लाे डुआलियासँगको अन्तर्वार्तामा उनले ओमानले जहाजबाट अनिवार्य आवागमन शुल्क लगाउने प्रस्तावलाई समर्थन नगर्ने बताएका हुन् ।
उक्त अन्तर्वार्ताका मुख्य अंश उनको मन्त्रालयले सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरेको छ । यद्यपि, उनले समुद्री, वातावरणीय तथा नौवहनसम्बन्धी सेवाहरू उपलब्ध गराएबापत शुल्क लिन सकिने सम्भावनालाई भने खुला राखेका छन् । अलबुसाइदीका अनुसार यस्ता सेवा शुल्क सम्बन्धित देश वा जहाज सञ्चालन गर्ने कम्पनीहरूसँग स्वेच्छिक सहमतिका आधारमा छलफल गरेर तय गर्न सकिन्छ ।
सम्भावित सेवाहरूमा जहाजको सुरक्षित आवागमन सुनिश्चित गर्ने, समुद्री प्रदूषणबाट जलक्षेत्रको संरक्षण गर्ने, दुर्घटना वा आपत्कालीन अवस्थाको सामना गर्न तयारी सुदृढ बनाउने जस्ता कार्यहरू समावेश हुन सक्ने उनले बताए । विदेशमन्त्री अलबुसाइदीले स्ट्रेट अफ मलक्का र स्ट्रेट अफ सिङ्गापुरमा अपनाइएका व्यवस्थापन मोडेलबाट पनि प्रेरणा लिन सकिने उल्लेख गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
-
९ करोड कमाउँदै ५१ औँ दिन मनायो ‘लालीबजार’ले
-
नेपाल–चीन सम्बन्धको भविष्य युवाकै हातमा : चिनियाँ राजदूत
-
‘सङ्घीयता गुमे समावेशिता, लोकतन्त्र र संविधान गुम्ने खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण