राहदानी खरिद प्रकरणमा जर्मनीको स्पष्टीकरण : कुनै विरोध पत्र वा चेतावनी दिइएको छैन
सारांश
- काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका समाचारहरू गलत र भ्रामक रहेको भन्दै स्पष्टीकरण जारी गरेको छ ।
- जर्मन दूतावासले नेपालका कार्यवाहक राजदूतलाई बैठकका लागि आमन्त्रण मात्र गरिएको र कुनै विरोध पत्र वा चेतावनी नदिइएको स्पष्ट पारेको छ ।
- जर्मन दूतावासले न्यायपालिकाको स्वतन्त्रताको सम्मान गर्ने र अदालतमा विचाराधीन मुद्दामा कुनै टिप्पणी नगर्ने आफ्नो मान्यता दोहोर्याएको छ ।
काठमाडौँ । काठमाडौँस्थित जर्मन दूतावासले नेपालको राहदानी खरिद प्रकरण र त्यसपछि विकसित घटनाक्रमबारे सञ्चारमाध्यममा आएका समाचारहरूको खण्डन गर्दै स्पष्टीकरण जारी गरेको छ ।
दूतावासले यस विषयमा आएका थुप्रै रिपोर्टहरू गलत र भ्रामक रहेको बताएको हो । जर्मन दूतावासका अनुसार बर्लिनस्थित नेपालका कार्यवाहक राजदूतलाई जर्मनीको सङ्घीय परराष्ट्र मन्त्रालयमा बैठकका लागि आमन्त्रण मात्र गरिएको थियो । स्पष्टीकरणका लागि ‘सोधपुछ’ नगरिएको दूतावासको भनाई छ । दूतावासले कूटनीतिमा यो सानो भिन्नता सुनिए पनि यसको ठुलो अर्थ र महत्त्व रहने स्पष्ट पारेको छ ।
यसैगरी उक्त बैठकका क्रममा जर्मनीको तर्फबाट नेपाललाई कुनै पनि विरोध पत्र वा अन्य कस्ता खालका कागजातहरू हस्तान्तरण नगरिएको दूतावासले जनाएको छ । राहदानी खरिदको कानुनी प्रक्रिया वा अदालतमा चलिरहेको मुद्दाको परिणामलाई लिएर हुनसक्ने सम्भावित परिणाम वा चेतावनीका बारेमा समेत कुनै कुरा नभएको जर्मन पक्षको भनाइ छ ।
दूतावासले न्यायपालिकाको स्वतन्त्रताको जर्मनी सधैँ पूर्ण सम्मान गर्ने उल्लेख गर्दै यो विषय आफ्नो देशको संविधानमै समेटिएको सिद्धान्त भएको प्रस्ट पारेको छ ।
आफ्नो स्थापित मान्यता अनुसार अदालतमा विचाराधीन रहेका मुद्दाहरूका बारेमा दूतावासले कुनै टिप्पणी नगर्ने र यस प्रकरणमा पनि हालसम्म कतै पनि कुनै टिप्पणी नगरिएको दूतावासले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनथराली विमानस्थलमा यात्रु अभावका कारण नियमित उडान हुन सकेन : सरकार
-
इन्धनको मूल्य समायोजनसँगै गाडीभाडा घटाउने तयारी
-
बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण
-
राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
उत्तरी ग्रिसमा डढेलोले परेर २ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण