युरेनियम धातु उत्खनन गर्न कसैसँग सम्झौता भएको छैन : परराष्ट्रमन्त्री
सारांश
- परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम उत्खननका लागि नेपाली सेना र अमेरिकी सेनाबीच कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्।
- मन्त्री खनालले नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै सम्झौता नहुने बताए।
- उनले सीमा समस्या समाधानका लागि नेपाल भारतबीच कूटनीतिक वार्ता गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए।
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले मुस्ताङमा युरेनियम धातु उत्खनन गर्न कसैसँग कुनै खालको सम्झौता नभएको बताएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूको प्रश्नोत्तरमा मन्त्री खनालले मुस्ताङ जिल्लामा युरेनियम धातु उत्खनन गर्न नेपाली सेना र अमेरिकी सेनाबिच सम्झौता भएको भन्ने हल्लामा कुनै सत्यता नरहेको बताए।
उनले प्राकृतिक स्रोत र त्यसको उपयोगका सम्बन्धमा नेपालको संविधानमा उल्लेख व्यवस्थाप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको समेत बताए। यस्तै मन्त्री खनालले नेपालले आफ्नो असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त विपरीत हुने गरी कुनै पनि सम्झौता नगर्ने समेत स्पष्ट पारे ।
उनले नेपाल र भारतबिचको घनिष्ठ सम्बन्धको मर्म र भावना अनुरूप ऐतिहासिक सन्धि, सम्झौता तथा नक्साका आधारमा सीमा सम्बन्धी समस्याहरूको समाधान कूटनीतिक वार्ताको माध्यमबाट गर्न नेपाल सरकार सधैँ प्रतिबद्ध रहेको बताए।
उनले वर्तमान सरकारले राष्ट्रिय हित र मुलुकको छवि प्रवर्द्धनमा केन्द्रित रहेको र परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
रास्वपाले गठन गर्यो तीन आयोग
-
फेसबुकमै बोल्न डरमर्दो अवस्था : प्रविधिजन्य हिंसा नियन्त्रण गर्न राष्ट्रिय सभामा संकल्प प्रस्ताव दर्ता
-
डा. चेतना पौडेल जोडिएको रिट खारेज
-
भारतीय नीतिमा परिमार्जनसँगै नेपाली चिया निर्यात सहज, सुपारीको समस्या सल्टाउन पहल
-
संसदीय सुनुवाइ प्रणाली पुनरावलोकन गरौँ, ६ महिनामै राजदूत फर्काउने अभ्यास बन्द होस् : वर्षमान पुन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण