विद्युतीय रिक्सा दुर्घटनामा महिलाको मृत्यु
मोरङ । मोरङको लेटाङ नगरपालिकामा आज दिउँसो विद्युतीय रिक्सा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । कानेपोखरीबाट लेटाङ बजारतर्फ जाँदै गरेको विद्युतीय रिक्सा फारलाइन क्षेत्रमा अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी लेटाङ–४ सिद्धार्थ लाइन निवासी ६० वर्षीया सञ्चमाया लावतीको उपचारका क्रममा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक सागर साहले जानकारी दिए ।
दुर्घटनामा सिटी सफारीमा सवार अन्य तीन जना घाइते बनेका छन् । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सिटी सफारी चालक लेटाङ–४ निवासी ३७ वर्षीय वीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार प्रेस स्वतन्त्रता सङ्कुचन गर्नेतर्फ छैन : सञ्चारमन्त्री
-
किसान सूचीकरण तीव्र, २६ लाख ४५ हजार किसान प्रणालीमा आबद्ध
-
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
-
परीक्षा दिएर फर्किरहेका विद्यार्थीसहितको डुङ्गा डुब्दा कङ्गोमा कम्तीमा २० जनाको मृत्यु
-
बर्दिबास साक्षर नगरको सूचीमा
-
कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण