मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीति लचिलो ल्याउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको मौद्रिक नीतिका विषयमा छलफलमा बोल्दै पूर्वगभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले देशको वर्तमान आर्थिक सूचकहरू सकारात्मक रहेकाले मौद्रिक नीतिमा कसिलो व्यवस्था गरिरहनु नपर्ने बताए।
पूर्वगभर्नर अधिकारीले अहिलेको मूल्य स्थिति र बाह्य क्षेत्रको स्थायित्व बलियो अवस्थामा रहेको उल्लेख गरे। उनले भने, ‘अहिलेको स्थितिमा मौद्रिक नीति लचिलो र विस्तारकारी हुनु स्वाभाविक छ। नीतिगत दर वा ब्याजदर करिडोरलाई थप कसिलो बनाउनुपर्ने कुनै आवश्यकता देखिँदैन।’
उनले मौद्रिक नीति एक प्राविधिक र अनुमानयोग्य विषय भएको स्पष्ट पार्दै हालको मजबुत फन्डामेन्टलले गर्दा नीति सहज हुने बताए।
उनले नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियामै सुरक्षित र मजबुत रहेको बताए। उनले क्षणिक लाभका लागि नियमहरू खुकुलो बनाएर प्रणालीलाई जोखिममा राख्न नहुने बताए।
पूर्वगभर्नरले राष्ट्र बैंकले केवल मौद्रिक व्यवस्थापन मात्र नभई वित्तीय क्षेत्र नीति मार्फत आन्तरिक उत्पादन बढाउन ऊर्जा, कृषि र साना उद्यममा निश्चित प्रतिशत लगानी गर्नुपर्ने बाध्यात्मक व्यवस्था गरेको बताए ।आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाउन यस्ता नीतिहरू आवश्यक रहेको उनको तर्क थियो।
उनले बजारमा पर्याप्त तरलता रहेको र ब्याजदर घटेको , तर पनि कर्जाको माग बढ्न नसकेको बताए । पूर्वगभर्नर अधिकारीले राष्ट्र बैंकको स्वायत्तताको विषयमा पनि जोड दिएका छन् । उनले अर्थ समिति र संसद्लाई राष्ट्र बैंकलाई एक स्वायत्त संस्थाको रूपमा काम गर्न दिन पनि आग्रह गरे । ‘केन्द्रीय बैंक जति स्वायत्त र स्वतन्त्र हुन्छ, त्यति नै अर्थतन्त्र बलियो हुन्छ र अर्थ मन्त्रालयलाई पनि काम गर्न सहज हुन्छ,’ उनले भने, ‘संसदीय समितिबाट आउने सुझावहरू ‘निर्देशन’ भन्दा पनि ‘मार्गदर्शन’ का रूपमा आइदिए राष्ट्र बैंकलाई आफ्नो प्राविधिक काम गर्न सहज हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक सार्वजनिक रूपमा देखिए इरानी रिभोलुसनरी गार्ड प्रमुख अहमद वहिदी
-
बेपत्ता कर्मचारीमाथि कारबाही सुरु
-
राष्ट्र बैंकमा मौद्रिक नीति समितिको भूमिका प्रभावकारी बनाइनुपर्छ : सांसद अधिकारी
-
गृह मन्त्रालयको प्रतिबद्धतापछि काठमाडौँबाट फर्किए सुस्तावासी
-
कार्गो जहाजमाथि सशस्त्र समूहको आक्रमण
-
हलमा छैनन् नेपाली फिल्म, विदेशी भने भरिभराउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण