अपडेट
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
बुधबार, २४ असार २०८३, ११ : २९
सारांश
- नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भन्दै प्रश्न गरेका छन्।
- सभामुख अर्यालले सांसद राईलाई बोल्न रोक्दै मर्यादामा रहन चेतावनी दिएका छन्।
- सभामुखको अवहेलना गरेको भन्दै राईलाई बोल्न नदिई अर्का सांसदलाई समय दिइएको छ।
काठमाडौँ । नेकपा एमालेका सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद अर्याललाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेर प्रश्न गरेका छन् ।
सभामुख अर्यालले प्रतिनिधि सभा बैठक सुरु गरेपछि विपक्षी दलहरू उठेर विरोध गरे । त्यो विरोधपछि पहिला कांग्रेस र त्यसपछि एमाले सांसद राईलाई बोल्न समय दिए ।
राईले आफ्नो भनाइको सुरुमै ‘सभामुखज्यू तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?' भने । त्यसपछि सभामुख अर्यालले उनलाई बोल्नबाट रोके ।
त्यसपछि सभामुख अर्यालले आफ्नो भनाइ मर्यादामा रहेर राख्न भन्दै चेतावनी दिए । त्यतिमा उनी रोकिएनन् । सभामुखले अगाडि भने, ‘सभामुखको अवहेलना गर्दै हुनुहुन्छ।’
अनि राईलाई बोल्न नदिएर उनले अर्का सांसद परशुराम तामाङलाई समय दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार प्रतिवादी पक्राउ
-
पोखरामा कहाँ घुम्ने ? यस्ता छन् महानगरले बनाएको भ्रमण प्याकेज
-
चीनको क्षेप्यास्त्र परीक्षणविरुद्ध प्रशान्त राष्ट्र एकजुट
-
युरोपेली संघको हवाई सुरक्षा सूचीबाट नेपाललाई हटाउन सांसद अधिकारीको माग
-
कोशी प्रदेशको बजेट पारित
-
संसद्मा हरिनादेवी कामीको प्रश्न– बसको रङ निलो बनाएर महिला सुरक्षित हुन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण