बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
अदालत

विष्णु पौडेललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे अनुमति

बुधबार, २४ असार २०८३, १६ : ५३
बुधबार, २४ असार २०८३

काठमाडौँ । विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यवसायी दीपक भट्टसँग शङ्कास्पद कारोबार देखिएको भन्दै सम्पत्ति शुद्धीकरण विभागको सिफारिस अनुसार उनलाई सुर्खेतबाट पक्राउ गरिएको थियो । पौडेललाई यसअघि अदालतले तीन पटकसम्म म्याद थप गरिसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप