गणेश नेपालीको न्यायका लागि माइतीघरमा विद्यार्थी संगठनको प्रदर्शन
सारांश
- संयुक्त विद्यार्थी संगठनले सुकुमबासीमाथि भएको अन्यायपूर्ण विस्थापनको विरोध र गणेश नेपालीको न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ।
- सुकुम्बासीलाई विना विकल्प विस्थापन गर्ने कार्य अन्यायपूर्ण भएको र राज्य संयन्त्र गरिब वर्गप्रति निरङ्कुश बनेको विद्यार्थीहरूको आरोप छ।
- विद्यार्थीहरूले गणेश नेपाली घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही, पीडित परिवारलाई क्षतिपूर्ति, अव्यवहारिक जरिवाना प्रणाली खारेज र सुकुमबासीको उचित व्यवस्थापनको माग गरेका छन्।
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले सरकारद्वारा सुकुमबासीमाथि गरिएको अन्यायपूर्ण विस्थापनको विरोध र आत्मदाह गरेका मुगुका गणेश नेपालीको न्यायको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ।
काठमाडौं महानगरपालिकाले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ह्विल लक गरेपछि असन्तुष्ट बनेका नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए र उनको उपचारका क्रममा निधन भएको थियो। सोही घटनालाई लिएर विद्यार्थीहरू आन्दोलित भएका हुन्।
_nb1P8g71xc.jpg)
प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले राज्य संयन्त्र गरिब, श्रमजीवी र सुकुम्बासी वर्गप्रति निरङ्कुश र संवेदनहीन बनेको आरोप लगाएका छन्। उनीहरूले विना विकल्प सुकुमबासीहरूलाई उनीहरूको बसोबास स्थलबाट बलपूर्वक विस्थापन गर्नु अन्यायपूर्ण भएको बताए। सो क्रममा विद्यार्थी नेताहरूले सरकारले नागरिकको जिउधनको रक्षा गर्नुको साटो जरिवाना र करका नाममा आतङ्कित पारेको भन्दै आक्रोश व्यक्त गरे।
_9y73yMVqpq.jpg)
आन्दोलनकारीहरूले गणेश नेपालीको आत्मदाह घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन्। त्यसैगरी अव्यवहारिक जरिवाना प्रणाली खारेज गर्न र सुकुमबासीहरूको उचित व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग आग्रह गरे।
_DDu3c27Ktd.jpg)
_vHVoQ5Ght1.jpg)
_sNpEgjVQEt.jpg)
_mMNocf7sR8.jpg)
_pYkR2kMrVc.jpg)
_WQ7p7EMoJ4.jpg)
_DAb95EdBkO.jpg)
_W2BHdMwx5e.jpg)
_Icj66wqoVs.jpg)
_TteOh8Kc3P.jpg)
_LjmjELF5Bo.jpg)
_2r7cGHlo8q.jpg)
_7Aj4N58941.jpg)
_iuF6AsiS0C.jpg)
_vYrkVvXhLA.jpg)
_2XPKaPxkOx.jpg)
_TeT8mjg4oG.jpg)
_46X3kGtHIW.jpg)
_6fEMifrHY1.jpg)
_TrOR8nd7At.jpg)
_aLnPOHEni5.jpg)
_wMUWShwpCc.jpg)
_wuWRf3BFWj.jpg)
_cUkqfkdAU6.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण