नदीजन्य पदार्थ बिक्री वितरण गर्न रोक
बुधबार, ३१ असार २०८३, ०८ : २१
हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आगामी साउन १ गतेदेखि नदीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ ।
उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्र आफ्नो उत्पादनको वार्षिक मौज्दात तथा खरिद बिक्रीको परिमाण सम्बन्धित पालिकामा बुझाउनुपर्ने कानुनी व्यवस्था रहेको उल्लेख गरेको छ ।
त्यसै व्यवस्थाअनुसार उपमहानगर क्षेत्रभित्र सञ्चालित क्रसर तथा बालुवा उद्योगले आव २०८२/८३ को कारोबार विवरणसहितको अन्तिम मौज्दात प्रमाणित गरी आव २०८३–८४ को कारोबार प्रारम्भ गर्नुपर्ने भएको जनाउँदै उपमहानगरपालिकाले २०८३ असार ३२ गते राति १२ः०० बजेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि फर्म, उद्योग तथा कम्पनीबाट नदीजन्य पदार्थको बिक्री वितरण तथा ओसारपसार कार्य बन्द गर्न आग्रह गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले दिए राजीनामा
-
रौतहटमा युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर रिफर
-
विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान, साउन ८ गतेसम्म आवेदन दिन सकिने
-
ट्रम्पद्वारा इरानको बन्दरगाहमा नाकाबन्दी, अर्को साता विद्युत गृह र पुलहरूमा आक्रमण गर्ने चेतावनी
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण