स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
काठमाडाैँ । स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेज आफ्नो देशले सन् २०२२ को विश्वकप फुटबल विजेता अर्जेन्टिनासँग हुने विश्वकप फाइनल २०२६ को खेल हेर्न न्यूयोर्क जाने घोषणा गरेका छन्। सरकारले शुक्रबार यो जानकारी दिएको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार न्यू जर्सीमा हुने फाइनल हेर्न जाने योजना रहेको छ । सान्चेजले फाइनल खेलमा उपस्थित भई आफ्नो समूहलाई राम्रो प्रदर्शनका लागि प्रोत्साहन गर्नुहुनेछ र खेल सकिँदासाथ अल्जेरियाको औपचारिक भ्रमणमा जाने उहाँको मन्त्रिपरिषद्ले एएफपीलाई बताएको छ ।
अर्र्जेिन्टनासँग हुने फाइनल खेलमा स्पेनी राजा फिलिप छैटौँ, रानी लेटिजिया र उनीहरूका दुई छोरीहरू पनि उपस्थित हुने राजप्रासादले जनाएको छ ।
खेलमा अर्जेन्टिनाका राष्ट्रपति जाभिएर मिलेइ भने उपस्थित नहुने सम्भावना रहेको छ । समाजवादी नेता सान्चेजको ट्रम्पसँग लामो समयदेखि तनावपूर्ण सम्बन्ध रहेको छ । उनले अमेरिकी सेनालाई इरान युद्धका लागि स्पेनका आधारहरू प्रयोग गर्न दिनुभएको छैन र भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हटाउने अमेरिकी अभियानको विरोध गरेका छन्।
राष्ट्रपति ट्रम्पले यसै महिना टर्कीमा भएको उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) को शिखर सम्मेलनमा स्पेनलाई ‘नेटोमा भयानक साझेदार’ को संज्ञा दिएका थिए र अमेरिकाले स्पेनसँग अब कुनै व्यापार नगर्ने बताएका थिए।
सान्चेजले सम्बन्ध सुधार्न प्रयास गरेको देखिन्छ । शिखर सम्मेलनपछि पत्रकार सम्मेलनमा उहाँले दुई देशबीचको सम्बन्ध ‘सकारात्मक’ रहेको बताए। उनले शिखर सम्मेलनका क्रममा ट्रम्पसँग फुटबलबारे ‘अनौपचारिक कुराकानी’ गरेको र ‘कुनै प्रकारको तनाव नभएको’ बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण