शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
दुर्घटना

डडेलधुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

शनिबार, ०२ साउन २०८३, ०७ : ४२
शनिबार, ०२ साउन २०८३

सारांश

  • डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको थियो।
  • घाइते पाँचै जनालाई उपचारका लागि डडेलधुरा अस्पताल पुर्याइएकोमा दुई जनाको मृत्यु भएको छ भने तीन जनाको उपचार भइरहेको छ।

कैलाली । डडेलधुराको अमरगढी नगरपालिका–७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। 

धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको जिप बिहान करिब ३ बजे सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको स्थानीयले बताएका छन्।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। घाइते पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने बाँकी तीन जनाको अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। मृतक र घाइतेहरूको पहिचानसहित घटनाबारे थप विवरण सङ्कलन भइरहेको छ भने प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप