मोरङ जिल्लामा डिजेको प्रयोगमा पूर्ण प्रतिबन्ध
मङ्गलबार, १२ साउन २०८३, १२ : १५
सारांश
- मोरङ जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन पूर्ण प्रतिबन्ध लगाइएको छ।
- जिल्ला प्रशासन कार्यालय, मोरङले अर्को सूचना जारी नभएसम्मका लागि डिजे प्रयोगमा रोक लगाएको छ।
- प्रशासनको निर्देशन विपरीत डिजे प्रयोग गरे वा गराए प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ।
विराटनगर । जिल्ला प्रशासन कार्यालय, मोरङले जिल्लाभर मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रमहरूमा डिजे बजाउन निषेध गरेको छ।
सहायक प्रमुख जिला अधिकारी पवन राज कोइरालाद्वारा जारी सूचनामा अर्को सूचना जारी नभएसम्मका लागि मोरङ जिल्लाभर कुनै पनि स्थानमा डिजेको प्रयोग नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।
प्रशासनको यो निर्देशन विपरीत कसैले डिजे प्रयोग गरेको वा गराएको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरिने ब्यहोरा सम्पूर्ण जिल्लावासीहरूलाई जानकारी गराइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको प्रश्नपत्र लिक प्रकरणमा थप दुईजना पक्राउ
-
कानुनी र प्रविधिको प्रबन्ध भए आगामी प्रदेशसभामा विदेशमा रहेकालाई मताधिकार दिन सकिने : वाग्ले
-
विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिन सांसद केसीको आग्रह
-
कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : विभिन्न क्षेत्र संयोजन गर्न १० नेतालाई जिम्मेवारी
-
४८ करोड ९८ लाख राजस्व सङ्कलन
-
आर्थिक रूपान्तरणलाई तीव्रता दिन बिमस्टेक सदस्य राष्ट्रबिच सहकार्य आवश्यक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण