निर्माण व्यवसायीको ११ औं अधिवेशनः लोकतान्त्रिक र प्रगतिशील समुहको भिडन्त
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघको ११ अधिवेशन बिहिबार (भोली) देखि सुरु हुदैँछ । राजधानीको प्रज्ञा भवनमा प्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहिबार सुरु हुने अधिवेशनको बन्दसत्र शुक्रबार र शनिबार दुई दिन सञ्चालन हुने महासचिव रामशरण देउजाले जानकारी दिएका छन् ।
महासंघमा ७ प्रदेश, ७७ जिल्ला संघहरु, २ सय ५२ एशोसिएट सदस्यहहरु, २ वटा वस्तुगत संघ गरि १२ हजार ५ सय निर्माण व्यवसायीहरु आबद्ध रहेका छन् । महासंघ स्थापना भएको २७ वर्ष पुरा भएको छ । २ खर्ब लगानी रहेको यस व्यवसायले १५ लाख व्यक्तिलाई रोजगारी दिएको समेत महासचिव देउजाले बताए ।

अधिवेशनमा देशभरबाट २ हजार ५ सयभन्दा धेरै निर्माण व्यवसायीहरुले सहभागिता जनाउने छन् । लोकतान्त्रिक र प्रगतीशिल समुह बीचको चुनावी भिडन्त महासंघको ११ अधिवेशनका लागि लोकतान्त्रिक र प्रगतीशिल समुह बीचको चुनावी भिडन्त हुने देखिएको छ ।
निर्वाचनमार्फत तीन वर्षका लागि हुने महासंघको ५४ पदमा महत्वकाँक्षी धेरै भएपछि टिकट पाउन भनसुन गर्नकै लागि राजधानी बाहिर रहेका व्यवसायीहरु समेत केही दिन यतानै काठमाडौं आइसकेका छन् । सर्वसम्मत गर्ने भन्दै पूर्वअध्यक्ष जीपछिरिङ लामा शेर्पा, रमेश शर्मा, सकुन्तलाल हिराचन, यक्षध्वज कार्की लगायतका रहेको ६ सदस्य समिति बनाएको थियो ।

तर समितिका सदस्यहरुले नै आफुखुसी अध्यक्षको उम्मेदवार घोषणा गरेपछि सर्वसहमतिको बाटो बन्द भएको छ । पूर्वअध्यक्षहरु सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की वर्तमान महासचिव रामशरण देउजा, पूर्व वरिष्ठ उपाध्यक्ष रवि सिंह र लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष हुमनाथ कोइरालाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
लोकतान्त्रिका समुहबाट कसलाई अध्यक्ष बनाउने भन्ने टुंगो लागिसकेको छैन् । प्रगतिशिल समुहबाट यक्षध्वज कार्कीले उम्मेदवारीको घोषणा गरिसकेका छन् । कार्कीको समुहमा अन्य पदाधिकारी तथा सदस्यमा को–को रहने भने टुंगो लगाउन सकेको छैन् ।
महांसघको नेतृत्वको लागि असोज ५ गते १२ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुने समय रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण