यसवर्षको एसईई परीक्षाको नतिजा रातोपाटीबाटै
काठमाडौं– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा रातोपाटीबाटै हेर्न सकिने भएको छ । नतिजा सार्वजनिक हुने वित्तिकै see.ratopati.com मा गएर नतिजा हेर्न सकिने छ ।
पाठक तथा विद्यार्थीहरुको सुविधाको लागि रातोपाटीमै एसईईको नतिजा हेर्ने व्यवस्था मिलाइएको रातोपाटीका प्रधान सम्पादक ओम शर्माले बताए ।
नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरुले आफ्नो सिम्बोल नम्बर प्रयोग गरेर नतिजा हेर्न सक्ने पनि शर्माले बताए । रातोपाटीको स्तरीय सर्भर भएका कारण एकैपटक हजारौं पाठकले सहजै नतिजा हेर्न सक्छन् ।
नतिजा सार्वजनिक गर्नको लागि रातोपाटीले परीक्षा नियन्त्रण कार्यालयबाट स्वीकृति लिइसकेको छ । परीक्षा नियन्त्रण कार्यालय स्रोतका अनुसार केहि दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।
गत चैत तीनगतेदेखि १४ गतेसम्म चलेको परीक्षाको नतिजा लेटर गेटिङ प्रणालीमा सार्वजनिक गरिनेछ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको क्षेत्रीय परीक्षा बोर्डबाट हुनुपर्ने परिक्षा बोर्डको संरचना तयार भइ नसकेकाले परीक्षा नियन्त्रण कार्यालयले नै परीक्षा लिएको हो ।
देशभरका १९ सय २३ वटा परिक्षा केन्द्र बाट यसवर्षको परीक्षामा ५ लाख ३८ हजार १ सय ८२ जना परीक्षार्थी सामेल भएका थिए ।
सरकारले गत वर्षबाट नयाँ शिक्षा ऐन कार्यान्वयनमा ल्याएपछि माध्यमिक शिक्षाको संरचनामा परिवर्तन भई १ देखि १२ कक्षासम्मलाई माध्यमिक शिक्षाको रुपमा परिणत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तकालयको सामग्री भुक्तानी गर्न कमिसन मागेको भन्दै पाटनमा विवाद
-
एडीबीका अध्यक्ष कान्डासँग बालेनको भेटले अन्य कूटनीतिज्ञसँग भेटवार्ताको बाटो खुलेको हो ?
-
लुम्बिनी प्रदेशमा विनियोजन विधेयक बहुमतले पारित
-
टिकटकले किन हटायो नेपालीले बनाएका साढे १९ लाखभन्दा बढी भिडियो ?
-
सिरहामा ४० वर्षीय महिलाको शव खोलाकिनारमा भेटियो
-
राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब डिजिटल पोर्टलबाट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण