कविता : मेरो देशको नमीठो राजनीति
-प्रकाश पुन
कोही इतिहास दोहोर्याउँछु भन्छ
कोही इतिहास बिर्सन्छ
पार्टी, सङ्गठन भताभुङ्ग
तर पनि देश बनाउँछु भन्छ
यही हो मेरो देशको तीतो नमीठो राजनीति ।
तिथि, मिति जुरायो
यता उति नीति मिलायोे
विकासको बजेट जम्मै खल्ती भरी
र पनि उस्कै कुरा ठूलो ,
विकास भएन विकासको जागरन चलाउँछु भन्छ
यो मेरा देशको नुनिलो नमीठो राजनीति ।
पार्टी सङ्गठन बाउबाजेको बिर्ता सम्झन्छ
एजेन्डा खै कहाँ गए थाहा छैन
र पनि आन्दोलनमा धन सम्पत्ति साट्दै अधिकार दिलाउँछु भन्छ
यस्तै छ मेरो देशको अमिलो नमीठो राजनीति ।
दुई चार जना भेला गफगाफ कुरा काट्यो
सके दुई चार ठाउँबाट सहयोग चन्दा उठायो
सङ्गठन हो या लुटुवा व्यापारको थलो
तर पनि उसकै ठूलो कुरा देश नै चलाउँछु भन्छ
यही हो वास्तविक मेरो देशको गुलियो नमीठो राजनीति ।।
भए जति सबै राम्रो उसैलाई चाहिने
पार्टी सङ्गठनमा सबै हैकम जमाउनुपर्ने
भए जति पदमा सके जति समय आफैले विताउनुपर्यो
र पनि समानता र अरूको हकमा लडाइँ चलाउँछु भन्छ
मेरो देशको गुलियो नमीठो राजनीति ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए कोलम्बिया र कङ्गो
-
रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आन्तरिक स्रोतमा कर्णालीको ‘कन्तबिजोग’: आम्दानीमा उल्लेख्य सुधार नआउँदा घटाइयो लक्ष्य
-
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
-
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण