प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नेविसंघले खोस्यो
काठमाडौं– नेपाल विद्यार्थी संघका नेता–कार्यकर्ताले प्रधानमन्त्री कार्यालयका सचिव सवार गाडीको चाबी नियन्त्रणमा लिएका छन् ।
शनिबार राजधानीको लाजिम्पाटबाट नेविसंघ महामन्त्री कुन्दनराज काफ्ले निकटका केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, गणेश सापकोटा, सुवास घिमिरे, सन्तोस गुरुङ, सुशान्त आचार्य र सुवोध ओलीलगायतका नेविसंघका नेता कार्यकर्ताको टोलीले प्रधानमन्त्री कार्यालयका सचिव शिशिर कुमार ढुंगाना सवार गाडीको चाबी नियन्त्रणमा लिएका हुन् ।
शनिबार बिदाका दिन पनि गाडी चलाइएको भन्दै प्रढुंगाना चढेको बा१ झ ९९९५ नम्बरको गाडीको चाबी उनीहरुले खोसेका थिए ।
यस्तै मे १झ १५१ नम्बरको गाडीसहित अरु ५ वटा गाडीका चाबी पनि उनीहरुले नियन्त्रणका लिएका छन्।
नेविसंघका केन्द्रीय सदस्य भट्टले शनिबार बिदाकाे दिन चलाइएका ७ वटा गाडीको चाबी नियन्त्रणमा लिइएको जानकारी दिए ।
उनका अनुसार साँझ गाडीको चाबी ट्राफिक प्रहरीलाई बुझाइने छ । आजै नेविसंघ कार्यकर्ताले गण्डकी प्रदेशको कास्कीमा एउटा सरकारी गाडी जलाएका थिए।
संघले पूर्वघोषित आन्दोलन अनुसार शनिबार सरकारी गाडी चल्न नदिने निर्णय गरेको थियो ।
| नेविसंघले जलायो कास्कीका जिल्ला शिक्षा अधिकारीको गाडी |
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण