काँग्रेसद्वारा संसदीय सुनुवाई समिति बैठक बहिस्कार
काठमाडौं– काँग्रेस सांसदहरुले संसदीय सुनुवाई समितिको बैठक बहिस्कार गरेका छन् ।
काँग्रेस सांसदहरुले संवैधानिक निकायका प्रमुखहरुको नाम अनुमोदन गर्न सिंहदरवारमा आइतबार बोलाइएको समितिको बैठक बहिस्कार गरेका हुन् ।
उनीहरुले संविधान विपरित विपक्षी दलको नेता सहभागी नभई विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको भन्दै समिति बैठक बहिस्कार गरेका हुन् ।
समितिमा काँग्रेस सांसदहरु ज्ञानेन्द्र बहादुर कार्की, जितेन्द्र नारायण देव, भिमसेनदास प्रधान र पुष्पा भुषाल सदस्य रहेका छन् ।
उनीहरुले बैठक अगावै समितिमा असहमति पत्र दर्ता गरेर बहिस्कार गरेको घोषणा गरेका हुन् ।
माघ ७ गते बसेको संवैधानिक परिषद्को बैठकले बिभिन्न ५ वटा आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको थियो ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरेको थियो ।
काँग्रेस सांसदहरुको बहिस्कारका बीच बसेको बैठकले उजुरीका लागि १० दिनको समय दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
-
तस्बिरमा हेर्नुहोस् त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण