कर्णालीमा ३० अर्बको बजेट ल्याइने
सुर्खेत । कर्णाली प्रदेश सरकारले आब २०७६/७७ का लागि रु ३० अर्बको बजेट ल्याउने तयारी गरेको छ ।
आर्थिक मामिला तथा कानून मन्त्रालयले चालू आवमा खर्च हुन नसकेको बजेटसमेत जोडेर आगामी वर्षका लागि उक्त आकारको बजेट ल्याउने तयारी गरेको हो ।
बजेट तयारीका लागि मन्त्रालयले जिल्लास्तरमा छलफल कार्यक्रम आयोजना गरिरहेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यस वर्षको बजेट कार्यान्वयनमा देखिएका समस्याबाट पाठ सिकेर आगामी वर्षका लागि परिणामुखी बजेट ल्याउने बताए ।
सङ्घीय सरकारले आगामी आवका लागि बजेट ‘सिलिङ’ पठाइसकेको छ । वित्तीय समानीकरणमा रु नौ अर्ब ८४ करोड ८३ लाख र राजश्व बाँडफाँटमा रु सात अर्ब ४४ करोड ४३ लाखको सिलिङ तोकिएको छ ।
मन्त्री ज्वालाले चालू आवमा खर्च हुन नसकेको रु साढे तीन अर्ब यही बजेटमा समावेश गरेर रु ३० अर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको जानकारी दिए ।
चालू आवमा प्रदेश सरकारले रु २८ अर्ब २८ करोडको बजेट ल्याएको थियो । पूर्वाधार, कानूनी संरचना र कर्मचारी अभावका कारण चालू आवमा बजेट कार्यान्वयन हुन नसकेकाले आगामी वर्ष यी समस्या नदोहोरिने उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण