शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अज्ञात रोगको कारण नौ जनाको मृत्यु भएको क्षेत्रमा चिकित्सक र औषधिसहित  हेलिकप्टर पठाइयो

आइतबार, १५ वैशाख २०७६, १० : ००
आइतबार, १५ वैशाख २०७६

हुम्ला – पहिचान नभएको रोगका कारण नौ जनाको मृत्यु भएपछि प्रदेश सरकारको पहलमा रोग प्रभावित ताजाकोट गाउँपालिकामा आज बिहान हेलिकप्टर गइसकेको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए । 

सुर्खेतबाट हेलिकप्टरमा औषधिसमेत लिएर गएको चिकित्सकको टोलीलले बिरामीको अवस्था हेरेर उद्धारको काम  गर्ने छ  । ताजाकोटमा बिरामीलाई औषधि र रोग फैलिन नदिनका लागि प्रदेश सरकार लागिपरेको उनको भनाइ थियो । 

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिनका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा खटिसकेको छ  । हरेक वर्ष हुम्लाका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा औषधि अभाव हुनाका साथै स्वास्थ्यकर्मीसमेत नियमित स्वाथ्यचौकीमा नभेटिँदा समस्या भएको स्थानीय बासिन्दाको गुनासो छ ।

 हुम्लाको उक्त गाउँपालिकामा पहिचान नभएको रोगका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । सोही गाउँपालिका–१, २ र ३ थुप्रै मानिस थला परेको जनाइएको  छ । 

अज्ञात रोगका कारण एक जनाको चैत २६ गते र अन्य आठको  वैशाख पहिलो सातादेखि अहिलेसम्म मृत्यु भइसकेको छ मैला स्वास्थ्यचौकीका अहेब मोतिलाल जैसीका अनुसार मृत्यु हुनेमा दुई बालक र सात  वृद्ध छन् । 

शनिबार बिहान मात्रै ताजाकोट–१, जिमानागाउँका ५५ वर्षीय वीरबल रिठालको मृत्यु भएको थियो । यसअघि शुक्रबारसम्म ७५ वर्षीया कुसुमा रिठाल, ६० वर्षीय शुरजीत खड्का, वडा नं २ का ५५ वर्षीय रङ्गे कोली र पाँच वर्षीया सुनकेसा सुनार छन् ।

 यस्तै वडा नं ३ का ७० वर्षीया अम्मकली मल्ल, ७५ वर्षीय बज्जिरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जीव थापाको पनि ज्यान गएको स्वास्थ्यचौकी प्रमुख जैसीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप