कर्णाली प्रिमियर लिग: मध्यपश्चिम विजयी
सुर्खेत– वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपिएल) मा मध्यपश्चिम क्रिकेट क्लबले पहिलो जीत दर्ता गरेको छ ।
कालिञ्चोक मैदानमा आज बिहान सम्पन्न खेलमा झापाको लालीगुराँस क्रिकेट एकेडेमीलाई सात विकेटले हराउँदै मध्यपश्चिम खाता खोल्न सफल भएको हो । टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको थियो ।
११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले तीन विकेट गुमाएर १६।१ ओभरमा पूरा गर्यो । मध्यपश्चिमको जीतमा बलिङमा आकाश विष्ट र अजय साहनीले तीन÷तीन विकेट लिए । ब्याटिङमा शैलेन्द्र यादवले अविजित ५३ तथा विशाल गुप्ताले अविजित ४५ रन बनाए ।
शैलेन्द्रले ३५ बलमा ९ चौका र १ छक्का तथा विशालले ४३ बलमा पाँच चौका प्रहार गर्नुभयो । यसअघि लालीगुराँसको लागि ब्याटिङमा प्रकाश पटेलले सर्वाधिक ३० तथा धनुश थापाले १८ रन बनाए । यो सँगै लालीगुराँस क्रिकेट एकेडेमी लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
यही १२ गतेदेखि जारी प्रतियोगितामा कर्णाली २ खेलमा ४ अङ्कका साथ शीर्ष स्थानमा छ भने त्रिभुवन आर्मी एपिएफ र बुटबलले एक÷एक खेलमा जित हासिल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण