प्रवासी नेपाली एकता समाज युएईको अध्यक्षमा सिलवाल
युएई-राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशन दुबईमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको जिकिर गरे ।
लिङ्देनले राप्रपाको बिषयमा रहेका भ्रमलाई चिर्दै अगाडि बढ्ने बिचार व्यक्त गरे ।
यसैगरी राप्रपा प्रदेश नम्बर ५ का अध्यक्ष प्रदीप कुमार उदयले मुलुकमा भ्रस्टाचार र बेतिथी बढेको भन्दै राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नु पर्ने विचार ब्यक्त गरे ।
यसैगरी राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले प्रवासमा बस्ने नेपालीहरुको रेमिटेन्सबाट चलेको मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
यसैगरी प्रवास विभाग प्रमुख विजय खड्काले प्रवासी नेपालीको मताधिकारको रक्षाको निमित्त राप्रपाले बुलन्द आबाज उठाएको बताए ।
अधिवेशनले प्रवासी एकता समाज युएईको अध्यक्षमा शशी सिलवाललाई चयन गरेकाे छ ।
जसकाे सल्लाहकारमा विश्व देव शाह, ब्रिजेश त्रिपाठी र गोविन्द प्याकुरेल रहेका छन् ।
वरिष्ठ उपाध्यक्षमा मनोज जयसवाल , उपाध्यक्षमा किशोर केसी चयन हुँदा सचिवमा देवराज पौडेल र कोषाध्यक्षमा नारायण पोख्रेल तथा सहकोशाध्यक्षमा कमल बस्याल चयन भएका छन् ।
यसैगरी प्रवक्ता लक्ष्मण श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा भिम मल्ल ठकुरी, महेन्द्र खत्री , त्रिलोचन बराल , रोशन संग्रौला, राम खड्का , जिबन सिंह ठकुरी , जगदिश पाठक, दिपक पौडेल, गंगा लिम्बु , मधुकर थापा, विजय तिवारी, हर्क बहादुर राणा,राजु श्रेष्ठ , टेकराज भट्टराई , मनोज घिमिरे , विश्व मल्ल , शर्मिला थपलिया , कमला लामा / सम्झना राडेल चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण