स्थानीयवासीको साहारा बुलबुले ताल : मोटरसाइकलमा खानेपानीको जोहो गर्दै
सुर्खेत । मोटरसाइकलमा जार, बोतल, गाग्री, ग्यालिन र ड्रम लिएर यहाँका बासिन्दा बुलबुले तालबाट खानेपानीको जोहो गर्न थालेका छन् । खडेरीकै कारण तालको पानीसमेत घटेको छ ।
नुहाउने, कपडा धुने, खानेपानी ल्याउनेको भीडले बुलबुले तालमा दैनिक मानिसको मेला लागेजस्तै हुन्छ । पानीको सङ्कट समधान गर्न यहाँ बसोबास गर्ने बासिन्दाका लागि बुलबुले मुख्य साहारा भएको छ ।
राजधानीजस्तो शहरमा पानी नआउँदा शौच गर्न, हातमुख धुन र सरसफाइ गर्न समस्या भएकाले शौचालयसहित यहाँको वरिपरिको वातावरण दुर्गन्धित बन्दै गएको स्थानीयवासी आनन्द विष्टले गुनासो गरे ।
सुर्खेतकै चिसापानीस्थित ढुङ्गेधारामा पनि पानी भर्नेको दैनिक लाइन लाग्ने गर्दछ । यहाँका बासिन्दाले पानी भर्न पाउँदा युद्ध जितेको महसुस गर्न थालेका छन् ।
स्थानीय समाजसेवी नन्दबहादुर भण्डारीले भने, ‘पानीमा विश्वको दोस्रो धनी देश भनिएको नेपालमा बस्ने नेपाली पानीकै तिर्खाले व्याकुल हुनु निकै ठूलो बिडम्बना हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण