दुर्गम बस्तीमा सडक र सिँचाइ पुगेपछि...
दैलेख– सडक र सिँचाइको सुविधा पुगेपछि दैलेखका दुर्गम क्षेत्रका किसानले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित हुन थालेका छन् । गाउँमै मध्यपहाडी सडक र घरमै सिँचाइ कुलो निर्माण भएपछि दैलेखका जगनाथ, पगनाथ, मनघरका १५० किसान अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ।
मध्यपहाडी लोकमार्ग गाउँ भएरै जान थालेपछि किसानले उत्पादन गरेका तरकारीको बजार पहुँच सहजै हरने र त्यसको बिक्रीबाट मनग्य आम्दानी हुन थालेपछि त्यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ लागेको छन् ।
दैलेख र जाजरकोटको सिमानामा पर्ने भगवतीमाई गाउँपालिका–४ का ३० वर्षे नेत्र थापाले विगत ५ वर्षदेखि तरकारी खेती गरिरहेका छन् । अगुवा कृषकको सम्मान पाएपछि उनले टोलभरिका सबैलाई तरकारी उत्पादनका बारेमा सिकाउने गर्छन् । विशेष कामबाहेकको सबै समय तरकारी उत्पादनकै लागि व्यतित हुने गरेको थापाले बताए । अहिले गाउँभरि १५० जना किसान व्यावसायिक तरकारी उत्पादनमा लागेको थापाको भनाइ छ ।
गाउँबाटै मध्यपहाडी सडक र घरमै सिँचाइ पोखरी पाएपछि तरकारी खेतीलाई किसानले मुख्य आम्दानीको स्रोत बनाएका छन् । किसानले नौ किलोमिटर टाढाबाट सिँचाइका लागि पानी ल्याएका छन् । १५० किसानका लागि विभिन्न वडामा तरकारी उत्पादनमा सजिलो होस् भनेर आठ वटा पोखरी निर्माण गरिएको छ ।
भगवतीमाई गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले ८८ लाख रुपैयाँको लागतमा आठ वटा पोखरी निर्माण गरिदिएको छ । अहिले मनघर, जगनाथ र पगनाथका बासिन्दा मौसमी तथा बेमौसमी सबै तरकारीको व्यावसायिक उत्पादनमा जुटेका छन् ।
वडाकै पहलमा २ वर्षअघि खानेपानीको समस्या समाधान भएको थियो, अहिले सिँचाइ पोखरी बनेपछि मनघर तरकारी पकेट क्षेत्र निर्माण गरेर किसानको आयआर्जन बढाउने र गाउँमै रोजगारी दिने अभियान शुरु गरिएको वडा नं ४ का वडाध्यक्ष कृष्णबहादुर थापाले बताए ।
प्राकृतिक प्रकोपबाट किसानले लगाएको बाली जोगाउने अभियानअन्तर्गत बाली बीमा अनिवार्य गराउने अभियानमा वडा कार्यालय लागेको छ । मध्यपहाडी सडक सञ्चालन भएकाले किसानले उत्पादन गरेको तरकारी सहजै बिक्री वितरण हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण