शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

हुम्ला : जीप दुर्घटनाको शोकमा असार १५ गते सार्वजनिक बिदा

बिहीबार, ०५ असार २०७६, १२ : ३०
बिहीबार, ०५ असार २०७६

खार्पुनाथ गाउँपालिका–५ को बेडुबिसौनास्थित कर्णाली नदीमा दुर्घटना भएको लु१ज ७१६६ नम्बरको जीपमा परी बेपत्ता भएका खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षसहित ११ जनाको शोकमा खार्पुनाथ गाउँपालिकाले असार १५ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दुर्घटनामा बेपत्ता भएका यात्रु र जीपको कुनै पत्ता नलागेपछि बुधबार अपरान्ह बसेको खार्पुनाथ गाउँपालिकाको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । 

कार्यपालिकाको बैठकपछि पालिका अध्यक्ष कर्ण रावल र प्रमुख कार्यकारी अधिकृत चन्द्रविर शाहीद्धारा हस्ताक्षरित विज्ञप्तीमा असार १५ गते सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । 

बुधबार बसेको गाउँ कार्यपालिकाको बैठकले शोक प्रस्ताव पारित गर्दै असार १५ गते पालिकाभित्र रहेका सरकारी, गैरसरकारी कार्यालय र विद्यालय बिदा दिने निर्णय समेत गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

दुर्घटनामा गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाही, चन्द्र हमाल, नैनसिंह भण्डारी, मणी साही, बसन्ती शाही, नन्दादेवी सिंह, गोकुल सुनार, कौंरा दमाई र कौंराको दुई छोरा बेपत्ता भएका छन् । 

जीप दुर्घटना भएको १० मिनेटमै खोजी कार्य सुरु भएपनि हालसम्म भेटाउन सकिएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप