डोल्पा अस्पतालमा औषधि अभाव
डोल्पा– दुई हप्तादेखि टाइफाइड र ज्वरोको बिरामीको सङ्ख्या बढेपनि डोल्पा अस्पतालमा औषधि नहुँदा समस्या भएको छ । टाइफाइड जाँच गर्नका लागि आवश्यक पर्ने किट (हुइडल पेष्ट रियाजेन्ट) नहुँदा समस्या उत्पन्न भएको हो । पाँच दिनदेखि यो औषधि अभाव हुँदा अस्पतालमा आएका बिरामीहरु उपचारमा चुनौती थपिएको डा.सिजन रावलले बताए ।
मौसम परिवर्तनसँगै डोल्पामा बिरामी बढेपनि टाइफाइड पत्ता लगाउने किट (औषधी) नै नहुँदा समस्या भएपछि अनुमानका आधारमा उपचार गर्न बाध्य भएको डाक्टर रावलले बताए । यातायात र हवाई यातायातको सहज पहुँच नभएको डोल्पामा औषधिको आपुर्तिमा ढिलासुस्ती गर्दा धेरै बिरामीले निजी औषधि पसलमा उपचार गर्न बाध्य भएका छन् ।
अस्पताल प्रशासनले औषधि अभाव भएको जानकारी प्रदेश सरकारलाई गराएपनि माग पुर्ति नभएको बताएको छ । डोल्पा अस्पताल प्रदेशको मातहतमा रहेकाले कुनै पनि कुरा अभाव भएमा पुर्ति गर्ने जिम्मा प्रदेश सरकारको रहेको छ । त्यस्तै दुई जना डाक्टरको दरबन्दी भएको डोल्पा अस्पतालमा एक जना मात्र डाक्टरले काम गरिरहेका छन् । करारमा एक जना डाक्टर कार्यरत छन् ।
अस्पतालमा डिजिटल एक्सरेसमेत नहुँदा पुरानो एक्सरेबाट काम सञ्चालन हुँदैआएको छ । त्यस्तै बिरामीलाई दिने अक्सिजनसमेत नहुँदा दैनिक समस्या पैदा आएको छ । जीर्ण भवनमा उपचार गर्दा समस्या हुँदैआएको छ । अस्पताल निर्माणका लागि डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) भएपनि अहिलेसम्म बोलपत्र आह्वान हुनसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण