तीन दिनदेखि अस्पतालमा पानीको अभाव
हुम्ला– जिल्ला अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएको छ । जिल्लाको एक मात्र अस्पतालमा तीन दिनयता पानीको अभाव भएपछि सरसफाइमा समस्या देखिएको छ ।
खानेपानीको अभावमा बिरामी तथा अन्य सरसफाइमा समस्या हुनुका साथै अस्पतालमा रहेको शौचालयसमेत दुर्गन्धित हुने सम्भावना बढी देखिएको डाक्टर नवीन रोकायाले जानकारी दिए । उनका अनुसार जिल्ला अस्पतालमा कार्यरत कर्मचारीले १५ मिनेटको बाटो भएर तल्लो बजारदेखि माथिल्लो बजारमा रहेको तीन धारामा गएर पानी ल्याउनुपर्ने अवस्था रहेको छ ।
डा रोकायाले अस्पताल जस्तो अति संवेदनशील संस्थामा पानी आपूर्ति सहज नहुँदा समस्या भइरहेको बताए । अस्पतालमा तीन दिनदेखि खानेपानीको अभाव भएपछि खानेपानीे उपभोक्त समितिले मर्मत जारी राखे तापनि मर्मत हुन नसकेको उनले जानकारी दिए । पानीको अभाव हुँदा शल्यक्रियालगायत अन्य क्षेत्रमा समस्या हुँदै आएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण