ब्रिगेड ब्वाइज र पुलिस फाइनलमा
काठमाडौं– ब्रिगेड ब्वाइज र नेपाल पुलिस क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ललितपुरको एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको सेमिफाइनल खेलमा ब्रिगेड ब्वाइजले मनाङ मस्र्याङ्दी क्लबलाई ७–१ गोलले हरायो । अर्को सेमिफाइनल खेलमा पुलिसले जाउलाखेल युथ क्लबलाई ३–१ गोलले पराजित गर्यो ।
मनाङमाथि गोल बर्षा गरेको ब्रिगेडको जितमा रेजिन सुब्बाले ह्याट्रिक गरे । शिशिर लेखीले दुई गोल गरे । जय गुरुङ र बृजेश चौधरीले एक एक गोल थपेका थिए । मनाङका सचिन गुरुङले सान्त्वना गोल फर्काए । यसैगरी पुलिसको जितमा सन्जु सेनले दुई गोल गरे । अर्को गोल रविन राईले थपेका थिए । जाउलाखेलका लागि शिर्षकभक्त श्रेष्ठले एक गोल फर्काएका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा आयोजित प्रतियोगिताको विजेताले तीन लाख उपविजेताले एक लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल आइतबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र