आर्जनले रोजे केकीको साटो रीमा
बिहीबार, ०९ साउन २०७६, ११ : ४८
गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीलाई छाडिदिएका छन् । पाण्डेले केकी छाडेर अभिनेत्री रीमा विश्वकर्मा रोजेका हुन् ।
आर्जनले केकीको साटो रीमा रोज्नुको कारण उनकै नयाँ गीत ‘घाँटी भन्दा तल...’ को म्युजिक भिडियो हो । यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय देखिने गरेकी थिइन् । तर अहिले सार्वजनिक गीतको भिडियोमा भने विश्वकर्माको अभिनय रहेको छ ।
प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले पनि अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् ।
बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक