आर्जनले रोजे केकीको साटो रीमा
बिहीबार, ०९ साउन २०७६, ११ : ४८
गायक आर्जन पाण्डेले अभिनेत्री केकी अधिकारीलाई छाडिदिएका छन् । पाण्डेले केकी छाडेर अभिनेत्री रीमा विश्वकर्मा रोजेका हुन् ।
आर्जनले केकीको साटो रीमा रोज्नुको कारण उनकै नयाँ गीत ‘घाँटी भन्दा तल...’ को म्युजिक भिडियो हो । यसअघि आर्जनका अधिकांश म्युजिक भिडियोमा अभिनेत्री केकी अधिकारीले अभिनय देखिने गरेकी थिइन् । तर अहिले सार्वजनिक गीतको भिडियोमा भने विश्वकर्माको अभिनय रहेको छ ।
प्रतिक पौडेलको शब्द तथा संगीत रहेको गीतको म्युजिक भिडियोमा गायक पाण्डे स्वयंले पनि अभिनय गरेका छन् । रोचक शैलीको म्युजिक भिडियोमा गायक पाण्डेलाई अभिनेत्री रीमा विश्वकर्माले साथ दिएकी छिन् ।
बालाजुस्थित चलचित्र विकास कम्पनिमा छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई एस्ट्रो झोलेले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरानबिचको पछिल्लो लडाईंप्रति रुसको चिन्ता
-
रोष्ट्रममा परराष्ट्रमन्त्री बोलिरहे, हर्क साम्पाङले उभिएर विरोध गरिरहे (तस्बिरहरू)
-
इरानले गर्याे अमेरिकी सैन्य आक्रमणको निन्दा
-
चन्द्रमाको अँध्यारो हिस्साबाट ल्याइएको माटोको नमुना रुसी वैज्ञानिकलाई दिइयाे
-
हाँसिरहेका प्रहरी महानिरीक्षकलाई जब प्रभातले रुवाए...
-
आफ्नो भारत भ्रमण र बालेनको विवादित अभिव्यक्तिबारे यस्तो छ परराष्ट्रमन्त्रीको प्रष्टीकरण (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण