शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआरएन महासचिवमा भूषण घिमिरेले उम्मेदवारी दिने

मङ्गलबार, १४ साउन २०७६, २१ : ५४
मङ्गलबार, १४ साउन २०७६

काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को चुनावी सरगर्मी बढिरहेको बेला महासचिव पदमा  भूषण घिमिरेले पनि उम्मेदवारी दिने भएका छन् । वर्तमान प्रवक्ता घिमिरेले साथीभाइको सुझाव र सल्लाहअनुसार आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताए । 

एनआरएनको विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ । अध्यक्ष भवन भट्टले  फेरि अर्काे कार्यकालका लागि उम्मेद्वारी घोषणा नदिने भएसँगै एनआरएनको चुनावी माहोल थप तातिएको बेला जापान निवासी घिमिरेले पनि उम्मेदवारी दिने बताएका हुन् । 

जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारीतामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन्। 

डेढ दशकदेखि जापानमा बसोवास गर्दै आएका घिमिरेको नेपालमा बैंकिङ, हाइड्रो, शिक्षालगायत क्षेत्रमा लागानी रहेको छ । 

एनआरएनको महासचिवमा भौतिकशास्त्री डा हेमराज शर्माले समेत उम्मेदवारी दिने बताइएकाे छ । शर्मा एनआरएनभित्रका चर्चित अनुहार हुन् भने उनलाई एनआरएनको प्लान सेटरको रुपमा लिइन्छ ।

यस्तै अध्यक्षमा कुमार पन्तका सँगै कूल आचार्यले उम्मेदवारी दिने बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप