एनआरएन महासचिवमा भूषण घिमिरेले उम्मेदवारी दिने
काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएन)को चुनावी सरगर्मी बढिरहेको बेला महासचिव पदमा भूषण घिमिरेले पनि उम्मेदवारी दिने भएका छन् । वर्तमान प्रवक्ता घिमिरेले साथीभाइको सुझाव र सल्लाहअनुसार आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताए ।
एनआरएनको विश्व सम्मेलन आगामी अक्टोबरमा हुँदैछ । अध्यक्ष भवन भट्टले फेरि अर्काे कार्यकालका लागि उम्मेद्वारी घोषणा नदिने भएसँगै एनआरएनको चुनावी माहोल थप तातिएको बेला जापान निवासी घिमिरेले पनि उम्मेदवारी दिने बताएका हुन् ।
जापानको सोफिया युर्निभरसिटीबाट पत्रकारीतामा स्नातकोत्तर गरेका घिमिरे टोकियोमा रेष्टुरेन्ट तथा ग्रोसरी व्यवसायमा संलग्न छन्।
डेढ दशकदेखि जापानमा बसोवास गर्दै आएका घिमिरेको नेपालमा बैंकिङ, हाइड्रो, शिक्षालगायत क्षेत्रमा लागानी रहेको छ ।
एनआरएनको महासचिवमा भौतिकशास्त्री डा हेमराज शर्माले समेत उम्मेदवारी दिने बताइएकाे छ । शर्मा एनआरएनभित्रका चर्चित अनुहार हुन् भने उनलाई एनआरएनको प्लान सेटरको रुपमा लिइन्छ ।
यस्तै अध्यक्षमा कुमार पन्तका सँगै कूल आचार्यले उम्मेदवारी दिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण