एट्लेटिकोको कठिन जित
स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले ला लिगामा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई १–० गोलले हरायो । एट्लेटिकोको कठिन जितमा अल्भारो मोराटा नायक बने ।
मोराटाले खेलको २३औं मिनेटमा गरको गोल नै एट्लेटिकोको जितमा प्रयाप्त बनेको थियो । मोराटाले काइरन ट्रिपिएरको पासमा गोल गरेका थिए । काइरन यसैसिजन टोट्टनहामबाट एट्लेटिको आएका हुन् ।
प्रतिस्पर्धातमक खेलको पहिलो हाफमै दुवै टोली १० खेलाडीमा सकेटिएका थिए । गेटाफेका जोर्गे मोलिनाले ३८औं मिनेटमा रातो कार्ड पाएका थिए । लगत्यै एट्लेटिकोका रेनान लोडी दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि एट्लेटिकोले ५५औं मिनेटमा पाएको पेनाल्टी गुमाएको थियो । मोराटाको पेनाल्टी प्रहारलाई गेटाफेका गोलरक्षकले बचाएका थिए । जितसँगै एट्लेटिकोले तीन अंक बनाएको छ । आइतबरा रातिकै अन्य खेलमा रियल भालाडोलिडले रियल बेटिसलाई २–१, सेभिल्लाले स्पान्योललाई २–० र डिर्पोभिटो अलाभेसले लिभान्तेलाई १–० गोलले हराएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण