आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नारायणी नदीको बहाव बढ्दै, दाउन्नेको सडक अझैं खुलेन

आइतबार, २९ साउन २०७४, १३ : २०
आइतबार, २९ साउन २०७४

नवलपरासी– अविरल वर्षाका कारण  नारायणीको बहाव बढ्दै गएको छ ।  जसका कारण मध्यबिन्दु नगरपालिकाको वडा नम्बर २ स्थित  तेहरी टिकापुर भन्ने गाउँमा बाढी पसेको छ ।  

यस्तै  बडा नम्बर तीन नन्दपुर र माइस्थानमा पनि बाढी पस्ने खतरा देखिएको छ । कुन बेला बाढी बस्तीमा बस्ने हो भनि यो स्थानका सर्वसाधारण त्रसित बनेका छन् । यस्तै स्थानीय प्रशासनले बाढीको जोखिममा रहेका सर्वसिाधारणलाई  सचेत रहन आग्रह गर्दै आएको छ । 


यस्तै प्रतापपुर, सुस्ता, सरावललगायतका  गाउँपालिकाका  केहि स्थानमा पनि डुबानको जोखिममा रहेका छन् । 


यसैबीच अविरल वर्षापछि सडक भासिँदा दुई दिनयता यातायात प्रभावित बनेको छ ।  बर्दघाट नगरपालिका ४ स्थित दाउन्नेमा राजमार्ग भासिएको हो । यद्यपी   प्रकुल मौसनका कारण सडक पुनःनिर्माणमा समस्या भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप