स्पष्ट व्याख्या र कार्यविधि नहुँदा अन्यौलः आत्महत्या दुरुत्साहन कानुन ’अपूर्ण’
कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो।
एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्य्विधि अहिलेसम्म बनेको छैन। कार्य्विधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको हो।
पूर्वउपन्यायाधिवक्ता एवं हाल कानुन व्यवसायी रहेका राम घिमिरेका अनुसार देश, काल र परिस्थितिअनुसार वैज्ञानिक सबुतको प्रयोग गर्न सक्ने हैसियत भएका मुलुकमा यस्तो कानुन लागू गर्न सकिन्छ तर नेपालको हकमा स्पष्ट व्याख्या र कार्य्विधिको अभाव भएकाले लागू गर्न सकिँदैन। यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राति टाउकोमा तेल लगाएर सुत्दा के हुन्छ ?
-
समूह एफ : नेदरल्यान्ड्स समूह विजेता, जापान उपविजेता र स्विडेन उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउटमा
-
लागू औषधको आपूर्ति सञ्जाल तोड्न गृहमन्त्रीको निर्देशन, समुदायसँग साझेदारी गरिने
-
ज्वालाले फिर्ता लिइन् सहमहामन्त्रीको उम्मेदवारी
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
तनहुँमा २७ वन्यजन्तुको उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण