बारामा चार वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास
बिहीबार, १४ कात्तिक २०७६, १६ : ३२
काठमाडौँ । बुधबार बारामा ५० वर्षीय एक व्यक्तिले चार वर्षीया नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेका छन् ।
बाराको आदर्श कोतवाल गाँउपालिका–४ का शेख इसराईलले स्थानीय नाबालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।
शेख इसराईल काठको घर बनाउने मिस्त्री हुन् । बालिकाको परिवार बाहिर गएको मौका छोपेर इसराईलले नाबालिकालाई करणीको प्रयास गरेका हुन् ।
करणीको प्रयास गर्दा नाबिलका रोएपछि आरोपी इसराईल फरार भएका छन् । घटनाका फरार आरोपी इसराईलको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।
कोतवाल गाउँपालिकाका प्रमुख मुस्ताफ अन्सारी मुस्लिम समुदायका हुन् । फरार आरोपी इसराईल र गाउँपालिका प्रमुख आफन्त समेत रहेको खुल्न आएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार